About Contact
२८ चैत्र २०७७, शनिबार
Close
बिज्ञापन
प्रदेस २: स्वाब परीक्षण गरेको भाँडो आफैले लगेका एक व्यक्तिको रिपोर्ट नेगेटिभ

इरफान अली सोमबार, भाद्र १५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

बीरगञ्ज, १३ भदौ । स्वाब परीक्षण गरेको भाँडो आफैले लगेका एक व्यक्तिको रिपोर्ट नेगेटिभ आएपछि पर्सामा भइरहेको कोरोना परीक्षणको विषयलाई प्रश्न उठन पुगेको छ ।

स्वाब संकलनका लागि खटिएका स्वाथ्यकर्मी र नारायणी अस्पतालको पीसीआर ल्याबका स्वास्थ्यकर्मी तथा कर्मचारीको चरम लापरवाहीको कारण नै ती व्यक्तिको स्वाब परीक्षण बिना नै रिर्पोट नेगेटिभ आएको छ ।

“एक घर एक पीसीआर परीक्षण”का लागि स्वास्थ्यकर्मीको टोली गत साउन १८ गते बीरगञ्ज महानगरपालिका वडा नं. २५ खल्वा टोला श्रीर्सिया पुगेको थियो । त्यहाँका धेरै स्थानीयले त्यो दिन आफ्नो स्वाब संकलन गराएका थिए । बीरगञ्ज महानगरपालिका वडा नं. २५ सिर्सियाका राम अवतार हजारा पनि पीसीआर परीक्षणका लागि आफ्नो स्वाब संकलन गराउन गएका थिए ।

बीरगञ्ज महानगरपालिकाको “एक घर एक पीसीआर परीक्षण”का क्रममा गत साउन १८ गते उनले राष्ट्रिय आधारभुत विद्यालयमा पुगेका स्वास्थ्यकर्मीको टोलीलाई आफ्नो स्वाब संकलनका लागि लाईन लागेका थिए तर स्वाब संकलन गराउने बेला उनी शौच गर्न गए तर स्वाब संकलन गराएन्न ।

र, भीटीएम किट आफुसंगै राखे आफ्नो स्वाबको भाँडो भने आफुसँगै घर लिएर फर्केका थिए । स्वाबको भाँडो नै घर लिएर आएका हजारालाई के रिपोर्ट आउने हो चिन्तै भएन । भाँडो नै घर लिएर आएपछि कुनै मतलब नै नगरी उनी आफ्नै दैनिकी गुजारिरहेका थिए तर साउन २४ गते सार्वजनिक भएको नारायणी अस्पतालको पीसीआर परीक्षण रिर्पोट अनुसार हजाराको रिर्पोट नेगेटिभ आयो ।

पीसीआर परीक्षणका लागि संकलन गराएको भाँडोसहितको स्वाब नै घर लिएर आएको परीक्षणको रिर्पोट नेगेटिभ आएपछि हजारा आश्चर्यमा परेका थिए । दैनिक मजदुरी गरेर खाने हजाराले रिर्पोट आएको केही हप्तापछि कार्यस्थलमा आफुभन्दा अलि जान्ने बुझ्ने एक व्यक्तिलाई नारायणीको यो लापरवाहीबारे सुनाए ।

ती व्यक्तिले उनको स्वाबको भाँडो र परीक्षण रिर्पोटको हार्ड कपी पनि हेरेपछि लापरवाहीबारे पुष्टि भयो । एकातिर रिर्पोटमा गडबडी तथा कमसल सामग्रीका केमिकलको प्रयोग जस्ता समाचारका कारण पर्सावासी यस्तै चिन्तित तथा त्राशमा छन भने अर्को तिर बिना चेकजाँच नै रिर्पोट आउनुले पीसीआर रिर्पोटको विश्वसनीयता घटदै गएको छ ।

सम्बन्धित

ताजा अपडेट
जउवा संघको अध्यक्षको उम्मेदवार महासेठको पक्षमा उर्लियो ब्यापारी
प्रदेश सरकारको राहत गोदाममै कुहियो, नगरपालिकाद्वारा रातिमा फाल्यो
मिर्जापुर र भलुवहीया नाकाबाट तस्करी खुल्ला

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]