Lजनकपुर संगै टांसिएर रहेको धनुषाको लक्ष्मिनियाँमा एक युवकमाथि निर्घात कुटपिट गरिएको छ ।
लक्ष्मिनियाँ गाउँपालिका वडा नं ७ निवासी बर्ष २७ का सुदिप कुमार झालाई छिमेकी हरुले निर्घात कुटपिट गरेका हुन ।
जवर्जस्ती जग्गा बेचन दबाब दिदै छिमेकीले कुटपिट गरेको पिडित झाले जानकारी दिए । कुटपिट बाट गम्भिर घाईते झाको जनकपुरको जानकी हेल्थ केयरमा उपचार सम्भव नभएपछि थप उपचारको लागि बिराटनगर रेफर गरिएको जनाए ।
झाको टाउको र खुट्टामा चोट लागेर घाईते भएका छन । यता घट्नामा संलग्न हरुलाई लक्ष्मिनियाँ अस्थाई प्रहरी पोष्टले पक्राउ गरेपनि राजनितिक दबाबमा छोडेको पिडितको आरोप छ ।