About Contact
१० मंसिर २०७७, बुधबार
Close
बिज्ञापन
भेन्टिलेटर सञ्चालनमा नआउँदा अकालमा ज्यान गुमाउँदै संक्रमित

खोज केन्द्र आइतबार, भाद्र १४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

राजविराज । सप्तरीमा कोरोना संक्रमित दिनप्रतिदिन थपिँदै गएका छन् । तर, सरकारले स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीको उचित व्यवस्थापन गर्न सकेको छैन । संक्रमित बिरामी उपचारबाट वञ्चित भएका छन् भने महामारी भयावह बन्न सक्ने भन्दै सर्वसाधारण चिन्तित बनेका छन् । तर, यहाँको गजेन्द्र नारायण सिंह अस्पतालमा ४ ओटा भेन्टिलेटर प्रयोगविहीन बनेका छन् भने कोरोना तथा अन्य जटिल रोगबाट पीडित बिरामीको उपचारमा समस्या भएको छ ।

तत्कालिन स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको पहलमा उपलब्ध गराइएको ४ थान भेन्टिलेटर तथा आइसीयू उपकरण व्यवस्थापन र सञ्चालन गर्ने पूर्वाधार तथा जनशक्ति नभएका कारण त्यसै थन्क्याएर राखिएका छन् । कोभिड व्यवस्थापन अन्तर्गत रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा अहिले भएका जनशक्तिबाट सामान्य किसिमको रोगीको पनि उपचार हुने अवस्था छैन ।

५० शय्याको उक्त अस्पतालमा अहिले १४० शय्या सञ्चालनमा छन् । ५० शøयाकै दरबन्दी रहेको जनशक्तिमा अहिले ५० प्रतिशत रिक्त छन् । यसबाहेक यही जनशक्तिले १७८ शय्याको आइसोलेसन समेत हेर्न परिरहेको छ । त्यसमाथि केही चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित भएका छन् भने केहीलाई लगातार क्वारेन्टिन बस्नु पर्ने अर्को बाध्यता छ ।

सप्तरीमा कोरोना संक्रमणबाट हालसम्म ५ जनाको ज्यान गइसकेको छ । ती सबैको भेन्टिलेटर र आइसीयू नभएका कारण अन्यत्र लैजाँदा उपचारमा भएको ढिलाइका कारण  ज्यान गएको नागरिक सञ्जाल सप्तरीका अध्यक्ष सुखराम यादव बताउँछन् ।

देशकै पुरानोमध्येको एक मात्र सरकारी अस्पताल हो गजेन्द्र नारायण सिंह । अस्पतालको जिम्मेवारी ठूलो भए पनि आवश्यक जनशक्ति र उपकरण नहुँदा बिरामीको उपचारमा यो अस्पताल निरीह बनिरहेको छ भने मानिसहरूले अकालमै ज्यान गुमाउन पर्ने अवस्था विद्यमान छ ।

गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले जटिल समस्यामा पुगेका बिरामीहरूलाई भेन्टिलेटर र आइसीयू अतिआवश्यक हुने भए पनि त्यसको व्यवस्थापन नहुँदा अन्यत्र रेफर गर्न परेको बाध्यता सुनाए । ‘आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्था हुने हो भने यहीँ उपचार सम्भव छ, बाहिर लैजान पर्दैन’, उनले भने । पूर्वाधार र जनशक्तिका लागि आफूले स्थानीय, प्रदेश र संघीय सरकारलाई आग्रह गरिरहेको जानकारी पनि उनले दिए ।

कोरोना संक्रमण बढेसँगै यहाँका अस्पतालहरूमा बिरामीको चाप तथा अकालमै ज्यान गुमाउनेको संख्या समेत बढ्दै गएको छ । आइसीयू र भेन्टिलेटर सञ्चालनमा भइरहेको ढिलाइप्रति स्थानीय आक्रोशित भएका छन् । संक्रमित तथा जटिल रोगका बिरामीको ज्यान जोगाउन अविलम्ब आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्थापन गरी भेन्टिलेटर र आइसीयू सेवा सञ्चालन गर्न स्थानीयले माग गरेका छन् ।

प्रदेशमा भेन्टिलेटर अभाव रहेको विषयमा आलोचना हुन थालेपछि गत वैशाख ८ गते प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले ५० ओटा भेन्टिलेटर खरीद गर्ने निर्णय गरेको थियो । भेन्टिलेटर खरीद गर्नका लागि प्रदेश सरकारले प्रत्येक जिल्लामा भेन्टिलेटरसहितको आइसीयू कक्षको व्यवस्था गर्न समेत बजेट निकासा गरिसकेको छ । तर, निर्णय गरेको ३ महीना बितिसक्दा पनि खरीद गर्न भने सकेको छैन ।

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]