About Contact
०८ आश्विन २०७७, बिहिबार
Close
बिज्ञापन
“जनताको पैसामा जनप्रतिनिधिको रजाई, रोक्ने-ठोक्ने कोहि भएनन्”

खोज केन्द्र आइतबार, भाद्र १४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रत्येक गाउँ, टोल र बस्तीलाई सम्पुर्ण बिकास तथा उत्थानका उदेश्यले महोत्तरीको विभिन्न ७ वटा गाविसहरु; मनरा, सिसवाकटैया, सांढा, सरपल्लो, बथनाहा, इटहर्वाकट्टी र सोनौललाइ मिलाइ बनेका मनरासिसवा नगरपालिको कार्यक्षेत्र धेरै भएपनी काम थोरै पनि गर्न सकेको छैन ।

नगरवासिको भावना, चाहना, इच्छा र आकंक्षा अनुसारको योजना नै नरहेको नगरपालिले यस नगरमा उपलब्ध प्राकृतिक साधनस्रोत, भौतिक साधनस्रोत र मानवीय साधनस्रोतलाई सदुपयोग गर्न सकेको छैन ।

शिक्षा, स्वास्थय, कृषि, खेलकुद, यातायात, उद्योग, ब्यापार र रोजगार जस्ता मामिलामा पछाडि रहेको महोत्तरीको यो अविकसित क्षेत्रको अवस्थामा आजपनी कुनै प्रगती वा सुधार भएको पटकै देखिदैन । लगभग ४० हजार जनसंख्या भएको यो क्षेत्र आज पनि बिकासको नजरले धेरै नै पछाडि छ । नगरभित्र यातायातको असुबिधा र नगरको मुख्य सडकहरुको दुर्दशाले गर्दा वर्षा याममा यो नगरमा प्रवेश, नगर भित्रको आवतजावत तथा नगरबाट निकास नै वर्जित हुन्छ ।

सुन्दा र भन्दा नै आश्चर्य लाग्छ तर यथार्थमा यो नै सत्य हो । महोत्तरीको क्षेत्र नं. ४ मा पर्ने यस क्षेत्रबाट नेता त धेरै भए तर कहिले पनि राम्रो बाटोघाटो भएन । जनताको जिवनस्तरमा कुनै उन्नति देखिएन। यो क्षेत्रबाट चुनाव जितेका जनप्रतिनिधिहरु जनता र क्षेत्रको अवस्थासंग कसैले पनि कुनै सरोकार राखेन। अवस्था जसको तस छ ।

आजपनी यो नगरपालिकामा खानेपानीको अभाव छ। दलित, डोम, चमारहरुको वस्तिमा त खानेपानीको सुबिधा नै छैन । एक बाल्टी पानी भर्न पनि विभिन्न समस्या, र समाजको उच्चवर्गको मानिसको तानाबाना सहनु पर्छ । खानेपानीको सुबिधा समेत दिन नसकेको जनप्रतिनिधिहरुको के काम ? नगरको सरकारी बिद्यालयहरुको अवस्था एकदम दैनिय नै बनेको छ । स्थानीय राजनीतिक प्रभाव, नगर प्रमुख तथा वार्ड अध्यक्षहरुको अज्ञानता, लापरबाही र ब्यबस्थापनको गल्तिको कारण यस नगरका सरकारी बिद्यालयको विद्यार्थीको भविस्य नै संकटमा परेको छ । राजनीतिक लगाव र पहुँचको कारण बिद्यालयमा शिक्षक समयमा आएपनि आपसी तथा परिवारिक गफमा समय बिताउने, समयमा कक्षाकोठामा नपुग्ने तथा कदाचित पुगे पनि पढाउनेको सट्टामा निदाउने, पाठ्यपुस्तक पठनपाठनको लागि तोकिएको पिरिएडमा मनोरञ्जनात्मक क्रियाकलाप गरि रमाउने, बिद्यालय जस्तो पवित्र स्थललाइ नै पिकनिक स्थल बनाउने, अर्धवार्षिक परिक्षाको नतिजा प्रकाशित नगर्ने जस्ता उदन्ड र घृणित क्रियाकलापहरुले गर्दा शिक्षाको स्तर दिनप्रतिदिन खस्कदै गएको देखिन्छ । तर नगरप्रमुख बालकक्षाको पठन पाठन अंग्रेजी हुने गरेको भासण ठोकी सस्तो वाहवाही लुटनमा ब्यस्त छन । सायद बालकक्षामा अंग्रेजीको विशेषज्ञ नै नियुक्ति गरेका छन ।

नेपाल र मैथिली समाजको सन्दर्भमा बालकक्षाको अंग्रेजी माध्यम कति उपयुक्त छ ? विशेषज्ञसंग सल्लाह नै नलिइ आफुलाइ मात्र विद्वान ठान्नेले समाज शिक्षित बन्छ त ? यस नगरको हरेक वार्डमा स्वास्थ चौकी पनि छैन। जम्मा ७ वटा स्वास्थ चौकीको अवस्था पनि जिर्ण नै छ। यी स्वास्थ्य चौकीहरुमा कहिले डाक्टर हुदैन त कहिले औसधि नै पाइदैन । स्वास्थय चौकिहरुको आधुनिकिकरण गर्ने कुरा मेयर तथा वार्ड अध्यक्षहरुले अहिलेसम्म सोचेकै छैन । खेलकुद क्षेत्रमा पनि नगरपालिकाले कुनै ठोस कदम चालेको देखिदैन । यो नगरपालिका खेलाडीको उर्वर भूमी रहे पनि खेलाडीलाई प्रोत्साहन तथा प्रोत्साहित गर्ने काम किन गर्न सकेको छैन त? यस नगरपालिकामा अधिकांश कृषक छन । तर कृषि क्षेत्रलाई बेवास्ता गरिएको जस्तो लाग्छ। किसानले समयमा नत बीउ पाउँछन् नत मलखाद्य नै ।

सिचाइको लागि पनि कुनै ठोस र दीर्घकालीन योजना मेयरसंग नरहेको अनुभूति आम नगरवासिले गर्दै छन । केवल आफ्नो आसेपासे, कार्यकर्ता र लठैतहरुलाइ पाल्न मात्र सिचाइको केही अल्पकालीन ब्यबस्था गर्ने तिर केन्द्रित देखिन्छ। होइन भन्ने जंगहा नदि फ्रकाउने योजना खै त ? जंगहा नदि मात्र फ्रकिदा लगभग ७५ प्रतिशत सिचाइको समस्या नै रहने छैन । र यो नगरको किसानको उब्जनी पनि कमसेकम दोब्बर हुने पक्का छ ।

किनभने बिगतको अनुभव हामिलाइ छ। जंगहाको पानी किसानका लागि अमृत थियो जुन कुरा एउटा जमिनदार मेयरलाइ पनि थाहै छ । तर आसेपासे र लठैतको चंगुलमा फसेका मेयर जनहीतमा काम गर्न सकिरहेको छैन। त्यस्तो कुनै योजना नै छैन । वन तथा वातावरण संरक्षणको नाममा केवल निजि बगैंचाहरु सजाउने बाहेक सामुदायिक वन निर्माण तथा सार्वजनिक जग्गामा बृक्षारोपण तर्फ ध्यान नै गएको छैन ।

यस नगरका अधिकांश युवा खाडी मुलुकमा श्रम बेच्न बाध्य छन । कति त बिदेश मै मरेका छन। बेरोजगारी चरम अवस्थामा छ । यस्तो अवस्थामा घरेलु उद्योग, ब्यापार र ब्यबसायको लागि नगरपालिका युवालाई के सुबिधा प्रदान गरेको छ ? यस क्षेत्रको भाषा नै मैथिली होन। तब मैथिली भाषा कला, साहित्य र संस्कृतिको पुनः उत्थानको लागि नगरपालिकाले गरेका कार्यक्रमहरु के हुन त ? यस नगरले कति महिलालाई आफनो जीवन आफै चलाउने क्षमताबान बनाएको छ त? के महिला मात्र मतदाता हुन ? यस नगरमा पर्यटनको प्रयाप्त संभावना हुदाहुदै पर्यटन प्रबर्द्धनको लागि योजना खै त ? एउटा पनि छैन।दैवीप्रकोप नियन्त्रण र बाढी नियन्त्रणमा नगरको चासो खै त ?

बाढीले यसपाली कति किसानलाई परेशान गर्यो? सडक, गल्ली सबैतिर अध्यारो नै अध्यारो रोड बति जनताले आफनै पैसा तिरेर लगाउने ?

एउटा सफल र सक्षम नगर प्रमुख तथा प्रतिनिधि नगरवासिको आर्थिक, शैक्षिक, समाजिक, सांस्कृतिक स्तरको बिकासको लागि दीर्घकालीन र प्रभावकारी योजना बनाउने तथा कार्यन्वयन गर्दै निरन्तर उन्नतिको मार्ग देखाउछ । तर यहाँ त जे मा पनि भ्रष्टाचार गर्ने बानी बसेको छ। बोल्नेलाइ साम, दाम, दण्डको नीति अपनाइ चुप गराइन्छ ।

आसेपासे र लठैतहरुद्वारा  बिकास निर्माणका काममा दुई नम्बरको गुणस्तरीयहिन सामग्रीहरुको प्रयोग गरि आफनो जेब भरिन्छ ।

गत आर्थिक वर्ष ७५/७६ मा ८० लाख हरेक वार्डमा बिनयोजन गरेकाबाट बिकासको नाममा भएको ब्रम्हलूट कसैबाट लूकेको छैन । यस वर्षको ४५ लाख कहा र कसरी खर्च भए भन्ने केवल ती आसेपासे र लठैतहरुलाइ मात्र जानकारी छ । यस सन्दर्भमा वार्ड अध्यक्षहरुको बोली पनि स्पष्ट सुनिदैन ।

अहिले एउटा सफल र सक्षम नगर प्रमुख तथा प्रतिनिधि नगरवासिको आर्थिक, शैक्षिक, समाजिक, सांस्कृतिक स्तरको बिकासको लागि दीर्घकालीन र प्रभावकारी योजना बनाउने तथा कार्यन्वयन गर्दै निरन्तर उन्नतिको मार्ग देखाउछ। तर यहाँ त जे मा पनि भ्रष्टाचार गर्ने बानी बसेको छ। बोल्नेलाइ साम, दाम, दण्डको नीति अपनाइ चुप गराइन्छ। आसेपासे र लठैतहरुद्वारा  बिकास निर्माणका काममा दुई नम्बरको गुणस्तरीयहिन सामग्रीहरुको प्रयोग गरि आफनो जेब भरिन्छ।

गत आर्थिक वर्ष ७५/७६ मा ८० लाख हरेक वार्डमा बिनयोजन गरेकाबाट बिकासको नाममा भएको ब्रम्हलूट कसैबाट लूकेको छैन। यस वर्षको ४५ लाख कहा र कसरी खर्च भए भन्ने केवल ती आसेपासे र लठैतहरुलाइ मात्र जानकारी छ। यस सन्दर्भमा वार्ड अध्यक्षहरुको बोली पनि स्पष्ट सुनिदैन। अहिले कोरोना महामारीले यहाको नगरवासिलाइ शोकाकुल बनाएको अवस्था छ। के खाने र कसरी बाच्ने कुराले दुखी बनेका नगरवासीलाई  स्थानीय सरकारको लापरबाहीले झन आश्चर्य चकित र चिन्तित बनाएको छ।

समुदाय स्तरमै फैलिएको महामारी नियन्त्रणमा स्थानीय सरकारको मौनता र उदासिनताले स्थानीय सरकार कै अस्तित्वमाथी नगरवासिले प्रश्न गर्न थालेका छन। महामारीको यो संकटमा स्थानीय सरकार झन जिम्मेवार बन्ने समयमा आफ्नो लापरबाह चरित्र देखाइ आफै अलोकप्रिय बन्दैछ। जनताको स्वास्थ्य संग खेलवाड गर्ने क्रियाकलाप स्थानीय सरकारको हीतमा पक्कै हुने छैन। र आउने निर्वाचनले यसको परिणाम अबश्य नै देखाउने छ। समय मै चेतना भया !!

जय जनता !! जय जनतन्त्र !!
दिपक कुमार सिंह
(भाष्कर मुक्ति)
केन्द्रिय सदस्य
जनतान्त्रिक तराई मुक्ति मोर्चा
राष्ट्रिय जनतान्त्रिक गठबन्धन
एवं
#राष्ट्रबचाउअभियान

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]