जनकपुरधामको श्री गणेश युवा कमिटिको उपाध्यक्ष र महासचिवमा सहमती हुन नसक्दा ति दुई पदका लागि भएको निर्वाचनमा क्रमश पत्रकार संजय कुमार साह र बलराम कुमार साह निर्वाचित भएका छन् । वाँकी ९ पदहरुमा यस अघिनै निर्विरोध चयन भइसकेको निर्वाचन अधिकृत दिपेन्द्र कुमार साहले बताए ।
निषेधाज्ञाका कारण सहमतीको प्रयास गरिएपनि सम्भव नभएपछि सुरक्षा सर्तकताका साथ आज विहान ७ः३० बजे देखि १ बजे सम्म भएको मतदानमा कुल ३ सय ६६ मतदाता मध्ये २ सय २३ जनाले मतदान गरे । उपाध्यक्ष तर्फ विजयी भएका संजय कुमार साह (पत्रकार) १ सय ७७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिब̊न्ब̊ी संजय साह (पुरी)ले १ सय ४४ मत प्राप्त गरे भने २ मत बदर भएको थियो ।
उनीहरु बिचको मत भिन्नता ३३ हो । त्यसै गरि महासचिवमा विजयी भएका बलराम कुमार साहले २ सय २ मत प्राप्त गरे भने उनका निकटतम प्रतिब̊न्ब̊ी भरत साहले १ सय १४ मत प्राप्त गरे भने ७ वटा मत बदर भएको छ । उनीहरु बिचको मत भिन्नता ८८ हो ।
त्यसै गरि यस अघि अध्यक्षमा सन्तोष कुमार महतो, सचिवमा संजिव साह र कोषाध्यक्षमा शुशान्त गुप्ता र छ सदस्य सहित नयाँ ११ सदस्सीय कार्यसमितिको टुभ्̈ो लागेको निर्वाचन अधिकृत साहले बताए । सदस्यहरुमा रञ्जित कुमार यादव, सरोज कुमार भण्डारी, मनोज कुमार पुर्वे, श्रीराम साह, विश्वेश्वर महासेठ(रोशन) र हेमन्त कुमार महासेठ निर्विरोध चयन भएका हुन ।
कमिटिका पुर्वअध्यक्षहरु सुरेन्द्र भण्डारी, सन्तोष साह, दिपक भगत र राजेश भण्डारी (भोला) समुहको प्यानलनै निर्वाचित भएको छ ।