जनकपुरधाम : तराइ मधेशको मुख्य कारोबार र मिहिनेत गर्ने रोजगारी भनेपछी कृषि लाई मानिन्छ।कोरोनाले यतिबेला विश्व त्रासमयरहेको छ।
प्रदेश २ सरकारले किसानलाइ पर्याप्त मात्रामा खाधमल उपलब्ध गराउन नसक्दा बालिमा किरा लाग्न सक्ने तथा आशाजनक उब्जनी पाउन नसक्ने भन्दै किशानहरु चिन्तित छन।
तराइमधेशका भारत निकटका जिल्लाहरु खासगरी महिनाभर थेग्न सक्ने रासन लिने वा यतिबेला लकडाउनको समय बोरा दुई बोरा खाधमल ल्याइएर खेतिपाती गर्छन,भन्सारले किसानहरु खेती गर्न ल्याउन लगिएको मलखाद आउन पनि बाधक बन्दैन तर नजिकका इलाका वा चौकिहरुका घुमुवा,प्रहरीका कर्मचारीहरु बाधक बनेको देखिएको छ।
सामान्यतया सामान्य दिनहरुमा शसस्त्र प्रहरी,जनपद प्रहरीले कपडा व्यापारी,किराना का होलसेलर तथा अन्य ब्यापारीहरुसंग मासिक पैसा लिइ भारतबाट ल्याइएको सामानमा बाधक नबनी कारोबार गर्न दिन्छन।तर यतिबेला लकडाउनको मारमा परेका किसानहरुलाइ धनुषाकै इलाका प्रहरी कार्यालय सवैलाका एक जवानले परिक्रमा सडक अन्तर्गत शुक्रबार एक किसानसंग खुलेआम २०० रुपैया घुस दिनैपर्छ भनी कर गरेपछी उक्त किसानले दुई सय दिन बाध्य भएको ब्यहोरा सुनाए।
प्र२ ०३ ००८प ८४०० ब्यक्तिगत मोटरसाइकलमा सवार जनपदका जवान शिवसंकर यादवले यतिबेला घुस लेनदेनमा आतंक सावित भएको छ।निज यादवले परिक्रमा सडक अन्तर्गत सवैला नगरपालिका ७ को मटहीमा रोकिएका एक किसान संग स्थानिय आसाराम सहनिमार्फत दुई सय रुपैया लिएको स्थानिय युवाहरुले जनाएका छन।
यसरी किसानलाइ दुख र ब्यपारीलाइ सुख दिइरहेका प्रहरीलाइ कडाभन्दा कडा कडा कार्वाही गर्नुपर्ने भनी माग गरेका छन।