About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
प्रदेश २: म डर बोकेर आइसोलेसनबाट फर्किएको छु – राकेश शाह

खोज केन्द्र शुक्रबार, भाद्र १२, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

म धनुषाका स्थानीय मिडियामा सञ्चारकर्मीको रूपमा कार्यरत छु । पहिलोपटक लकडाउन भएदेखि नै समाचार संकलनका लागि निरन्तर फिल्डमा खटिइरहेको थिएँ ।

फिल्डमा खटिँदा पर्याप्त सुरक्षा सावधानी पनि अपनाएकै हो । हामीमध्येका केही साथीलाई साउनको अन्तिम सातातिर ज्वरो देखियो । मलाई ज्वरो त देखिएको थिएन, तर टाउको दुख्ने, घाँटी खसखस हुने र खोकी लाग्ने हुन थालेको थियो ।

यसरी कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि हामीले २९ साउनमा परीक्षणका लागि स्वाब दियौँ । रिपोर्टअनुसार मलाई संक्रमण देखिएको पुष्टि भयो । संक्रमण देखिएपछि मलाई धनुषाको गंगुलीमा रहेको आइसोलेसनमा लगियो । यहाँ पहिले क्वारेन्टाइनका रूपमा प्रयोग गरिएको भवनलाई नै अहिले आइसोलेसनमा रूपान्तरण गरिएको छ । 

संक्रमण देखिएसँगै मैले आफू संक्रमित भएको कुरा सामाजिक सञ्जालमा लेखेँ । मेरो सम्पर्कमा आएका व्यक्तिलाई सहज होस्, कन्ट्याक्ट टे«सिङमा सहज होस् भनेर सचेतताका साथ नै मैले सोसल मिडियामा आफू संक्रमित भएको कुरा लेखेको थिएँ । तर, त्यही कारण म र मेरो परिवार सामाजिक प्रताडनाको सिकार हुन पुग्यौँ । 

स्विपरलाई तापक्रम जाँच गर्न लगाएर हाम्रो स्वास्थ्यलाई मूल्यहीन मजाक बनाइयो । महामारीको संक्रमण भएका मानिसको स्वास्थ्यमाथि यति हदसम्मको लापरवाही हुन्छ भन्ने कल्पनातीत थियो । तर, म आफैँ त्यो भोगेर फर्किएको छु । 

अरू ठाउँमा जस्तै यहाँ पनि आइसोलेसनको अवस्था नाजुक छ । संक्रमित व्यक्तिले पौष्टिक खाना खानुपर्छ भनिन्छ, तर हामीलाई राखिएको आइसोलेसनको खाना कुनै दृष्टिले पनि गुणस्तरयुक्त थिएन । बाहिरबाट मगाएर खान खोज्दा पनि दिइएन । हामीसँगै ७०-७५ वर्षका वृद्ध मधुमेहका रोगी पनि संक्रमित थिए । उहाँहरूलाई आलु र भात खान नहुने । आइसोलेसनमा सधैँ आलु र भात खानुपरेपछि उहाँको स्वास्थ्य झन् बिग्रियो ।

सुगर लेभल बढ्दा ती वृद्धले दुई दिन त खाना नै खानुभएन । उहाँको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराउँदा पनि कसैले कुनै चासो देखाएनन् । दारुण अवस्थाका आइसोलेसनहरूमा संक्रमित व्यवस्थापन निकै कर्मकाण्डी र अमानवीय छ । त्यसमा सुधार गर्न नसकिए ती मानव वधशाला बन्न बेर छैन । 

जताततै फोहोर भरिएको आइसोलेसन सुंगुरको खोरजस्तो थियो । पर्याप्त खानेपानीको व्यवस्था थिएन । सरसफाइका लागि साबुनसमेत थिएन । हाम्रो स्वास्थ्य अवस्थाबारे बुझ्न कोही आउँदैनथे । एक दिन आएका चिकित्सक पनि ब्याट्री नभएको थर्मल गन लिएर आएका थिए । त्यसपछि चिकित्सक कहिल्यै देखिएनन् । संक्रमितलाई आश्वस्त पार्न पनि दिनमा कम्तीमा एकपटक चिकित्सक आइदिए भयभीत संक्रमितहरूले निकै सन्तोष पाउँथे होला । 

स्वास्थ्य अवस्था नियमित जाँच गर्नुपर्छ भनेर हामीले माग गरेपछि सरसफाइकर्मी (स्विपर)को हातमा थर्मल गन थमाएर पठाइयो । पिपिई लगाएका व्यक्तिले मेरो तापक्रम जाँच गरेपछि मैले तापक्रम कति छ भनेर सोधेँ । जवाफमा ती व्यक्तिले भने, ‘मलाई के थाहा, म त सरसफाइ गर्ने मान्छे हुँ ।’ हाम्रो स्वास्थ्यमाथि यतिसम्मको चरम लापरवाही किन सरकार ? स्विपरलाई तापक्रम जाँच गर्न लगाएर हाम्रो स्वास्थ्यलाई मूल्यहीन मजाक बनाइयो । महामारीको संक्रमण भएका मानिसको स्वास्थ्यमाथि यति हदसम्मको लापरवाही हुन्छ भन्ने कल्पनातीत थियो । तर, म आफैँ त्यो भोगेर फर्किएको छु । 

सञ्चारकर्मी भएको नाताले मैले त्यहाँभित्र भएको अव्यवस्था र संक्रमितको उपचारमा भइरहेको लापरवाहीका बारेमा समाचार लेखेपछि उल्टै मलाई कुट्ने, पिट्ने धम्की दिइयो । घाँटी दुखेको, टाउको दुखेर बोल्न नसक्ने अवस्था हुँदा पनि मलाई सिटामोलसमेत दिइएन । संक्रमित मान्छे ल्याएर थन्क्याउने ठाउँमा रूपान्तरण भएका छन्, आइसोलेसनहरू ।

एकातिर मरिन्छ कि भन्ने भय, अर्कोतिर आफू संक्रमित भएपछि परिवारले भोग्नुपरेको विभेद, त्यसमाथि आइसोलेसनको अव्यवस्था र चरम लापरवाहीले थप तनाव दियो । संक्रमण भएको थाहा पाउँदा जति डर मानेको थिएँ, त्योभन्दा कैयौँ गुणा बढी आइसोलेसनको दुरवस्थाले अत्याइदियो । ११ भदौमा मलाई आइसोलेसनबाट संक्रमणमुक्त भएको भनेर डिस्चार्ज गरिदिए । सुरुवातमा देखिएका लक्षण अहिले देखिएका छैनन् । तर, परीक्षण नै नगरी हामीलाई आइसोलेसनबाट डिस्चार्ज गरिएको छ ।

मैले स्वाब परीक्षण गरेर नेगेटिभ आएपछि मात्र डिस्चार्ज हुन्छु भन्दा पनि आइसोलेसन व्यवस्थापनले स्वाब संकलन गरेर पनि पिसिआर परीक्षण गर्न मानेन । मन्त्रालयले नै आइसोलेसनमा बसेका मान्छेको पिसिआर नगर्नु भनेको भन्दै मेरो जाँच गरिदिएनन् । म पिसिआर नै नगरी घर आएको छु । परीक्षण नै नगरेको हुँदा अहिले पनि म संक्रमणमुक्त भइसकेँ भनेर शतप्रतिशत विश्वास लागेको छैन । त्यसैले अब व्यक्तिगत प्रयासमा भए पनि पिसिआर जाँच गराउने सोचमा पुगेको छु ।

तराईका अधिकांश जिल्लामा आइसोलेसनको अवस्था नाजुक छ ।

नाजुक आइसोलेसनकै कारण तराईमा मानिसको मृत्यु भइरहेको हुन सक्छ । म डर बोकेर आइसोलेसनबाट फर्किएको छु । यहाँका आइसोलेसन सजाय भुक्तान गर्ने ठाउँजस्ता भएका छन् । 

(शाह संक्रमण निको भएका जनकपुरका सञ्चारकर्मी हुन्)

-नयाँ पत्रीका

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]