About Contact
१३ फाल्गुण २०७७, बिहिबार
Close
बिज्ञापन
प्रदेश २ का सबै जिल्लामा १५ दिनभित्र पिसिआर मेसिन जडान गर्ने मुख्यमन्त्रीको घोषणा

श्रवण थापा शुक्रबार, भाद्र १२, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

सर्लाही : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले १५ दिनभित्र प्रदेशका सबै जिल्लामा पिसिआर मेसिन जडान गरिसक्ने घोषणा गरेका छन् । कोरोना महामारीबाट जनताको जीवन रक्षा गर्न प्रदेश सरकार गम्भीर रहेको र प्रदेशका आठवटै जिल्लामा पिसिआर मेसिन जडानको तयारी भइरहेको उनले बताए । 

सर्लाहीको हरिवन आएका मुख्यमन्त्री राउतले जनताको जीवनको रक्षा गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताए । उनले भने, ‘जनचाहनालाई कदर गर्दै प्रदेश सरकारले आठवटै जिल्लामा पिसिआर मेसिन व्यवस्थापन गर्ने तयारी थालिसकेको छ ।’  पिसिआर मेसिनका साथै आवश्यक दक्ष जनशक्तिको पनि अभाव हुन नदिने उनले प्रतिबद्धता जनाए  । ‘जनता नै नरहे कसको लागि विकास गर्ने ?’ उनले भने, ‘हामी जनताको स्वास्थ्यप्रति चिन्तित छौँ, सबै पालिकाका जनप्रतिनिधिसमेत गम्भीर हुनुपऱ्याे ।’ 

मुख्यमन्त्री राउतले महामारी सुरु भएलगत्तै प्रदेशका प्रत्येक जिल्ला प्रशासन कार्यालयमार्फत ५०–५० लाखको दरले रकम पठाए पनि खर्च हुन नसकेकोमा दुःख व्यक्त गरे । ‘हामीलाई दुःख लागेको छ,’ उनले भने, ‘स्वास्थ्य सामग्री खरिदलगायतको लागि रकम पठायौँ, तर खर्च गरेनन् ।’

सम्बन्धित

ताजा अपडेट
सशस्त्रका इन्सपेक्टर ५० हजार घुससहित पक्राउ
प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने, संसद ‘फेस’ गर्ने रणनीति
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिँदैन : उपप्रधानमन्त्री ईश्वर पोखरेल

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]