About Contact
११ माघ २०७७, आइतबार
Close
बिज्ञापन
जनकपुरधामको तेली कुट्टीको जग्गा कब्जा

खोज केन्द्र बिहिबार, भाद्र ११, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

गए राति जनकपुरधामस्थित वैश्य समाजको एक घटक तेलि समाजको रसिक विहारी भगवान तेली कुटीमाथि गुण्डा शैलीमा बृज कुमार यादव लगायत केही भु-माफियाहरुले हातहतियार सहित आएर कब्जा गरेका छन् ।

बाह्र विगहा नजिकै रहेको तेली कुटीमाथि राति करिब ११ बजेतिर डोजरसहित पुगेको भूमाफियाको टोलीले कुटीको पर्खाल भत्काएको र जग्गा कब्जा गरेको छन् ।

हातहतियारसहित पुगेको टोलीले कुटीमा बस्दै आएका साधुसन्त र कुटीको छेउमा रहेको पताञ्जली योग पिठका साधुहरुलाई ज्यान मार्ने धम्कीसमेत दिएको थियो ।

सयौं वर्षभन्दा पुरानो तेली कुटीको छेउमा रहेको जानकी मन्दिरको एक कठा जग्गा व्यक्तिको नाममा गरिएको छ ।

लकडाउन मै गुठीको जग्गामा बाटो पनि काटिएको छ । अहिले छेउमै रहेको तेली कुटीको जग्गा पनि भूमाफियाले कब्जा गरेको नेपाल वैश्य युवा संघ धनुषाको अध्यक्ष बिनोद कुमार साहले जानकारी दिएका छन।

जनकपुरधामका व्यापारी एवं समाजसेवी शिव शंकर साह (हिरा)ले मिडियाको आडमा बृजकुमार यादवले कुटीको जग्गा कब्जा गरेको बताए ।

साहका अनुसार गुठीको जग्गा निजीकरण भएको विषयमा अदालतमा मुद्दा दिनुका साथै तेली कुटीको जग्गा जोगाउन संघर्षका कार्यक्रमहरु सार्वजनिक गरिदैछ ।

सम्बन्धित

ताजा अपडेट
पिछडावर्गलाई नीतिगत रुपमा पछाडी पारियो : कानून राज्यमन्त्री सरोज सिंह
ऋणीको सम्पत्तीमा साहुको आँखा
फोक्सोकै विकास नभएका बच्चाको ज्यान यसरी जोगाए डा. लव कुमार साहले

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]