About Contact
०८ आश्विन २०७७, बिहिबार
Close
बिज्ञापन
कानूनी प्राबधान बिपरित बलवा नगरपालिकामा जुनियर कर्मचारी निमित्त प्रमुख प्रशासकीय अधिकृत

खोज केन्द्र बिहिबार, भाद्र ११, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

महोत्तरीः कानूनी प्राबधान बिपरित बलवा नगरपालिकामा जुनियर कर्मचारी निमित्त प्रमुख प्रशासकीय अधिकृत खडा गरिएको तथ्य बाहिर आएको छ ।

बलवा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा अधिकृत छैठौं स्तरका राम विनय पाण्डेले कामकाज शुरु गरेका छन्।

पूर्व प्रमुख प्रशासकीय अधिकृत बालविर ठाकुर मिति २०७७ साउन २६ गते महोत्तरी गाउँपालिकाका लागी रमाना भएपछि निजामति सेवा तर्फका ज्येष्ठ कर्मचारी ईन्जिनियर कार्तिकेश झा हुदाहुदै निमित्त प्रमुख प्रशासकीय अधिकृतको कामकाज अधिकृत राम विनय पाण्डेले गर्दैआएको तथ्य बाहिर आएको हो ।

अधिकृत पाण्डे रा.प.अनं.प्रथम श्रेणी (ना.सु.) बाट अधिकृत छैठौं तहमा समायोजन भएका हुन भने ईन्जिनियर कार्तिकेश झा नेपाल ईन्जिनियरिङ सेवा सिभिल समुह ,राजपत्रांकित तृतीय श्रेणी बाट अधिकृत स्तर सातौं तहमा समायोजन भएका हुन् र स्वास्थ्य सेवा तर्फ पनि सातौं तहका यमुना प्रसाद यादव र राम शरण यादव कार्यरत छन् ।

तीन तीन जना सिनियर कर्मचारी हुंदाहुंदै नियम एन बिपरित जुनियर कर्मचारीलाई निमित्तको जिम्मेवार दिनु गलत रहेको मन्त्रालयका सहसचिव राजिव पोखरेलले बताए ।

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा प्रशासन सेवा/ समान्य प्रशासन समुह, राजपत्रांकित द्वितिय श्रेणी (उपसचिव)को दरबन्दी रहेको छ। पूर्व प्रमुख प्रशासकीय अधिकृत ठाकुर राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत पदका कर्मचारी रहेका थिए। निजामति सेवा नियमावलि २०५०, स्थानिय सरकार संचालन ऐन २०७४, स्थानिय निकायको सेवा प्रवाह सम्बन्धि व्यवस्था २०७४ र कर्मचारी समायोजन ऐन २०७५ बमोजिम प्रमुख प्रशासकीय अधिकृत संघीय निजामति सेवाको हुने र निजको अनुपस्थित वा सो पद रिक्त रहेको बेला ज्येष्ठ निजामति कर्मचारी कार्यालय प्रमुखको निमित्त जनाइ कामकाज गर्न पाउने व्यवस्था रहेको छ। तर पूर्व प्रमुख प्रशासकीय अधिकृत ठाकुरले समेत आफ्नो अनुपस्थितिमा नियमकानुन विपरित पाण्डेलाई निमित्तको जिम्मेवारी दिने गरेका थिए ।

जुनियर कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाईदा सिनियर कर्मचारीहरु असन्तुष्ट बनेका छन्।
हाल नेपालमा १ महानगर, ४ उपमहानगर, ११३ नगरपालिका र ८९ गाऊँपालिका निमित्तका भरमा छन भने कतिपय नगरपालिकाहरुमा उपसचिवको सट्टामा शाखा अधिकृतहरु नै प्रमुख प्रशासकीय अधिकृतको पदमा कार्यरत छन।

निमित्तको जिम्मेवारीका लागि मेयरले ढाटेर सिफारिस गरेको हुनु पर्ने सहसचिव पोखरेलले जानकारी दिए । यता मेयर यादवले यस सम्बन्धमा केही नबोल्ने प्रतिक्रिया दिए ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश २: सार्वजनिक यातायातमा छैन सुरक्षा सतर्कता
प्रदेश २: ३२ लाख नक्कली नेपाली रुपियाँ बरामद
जनतान्त्रिक तराई मुक्ति मोर्चाले स्थानीय तहसम्म संगठन बिस्तार गर्दै

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]