About Contact
१० मंसिर २०७७, बुधबार
Close
बिज्ञापन
ठाकुरमाथि आक्रमण

खोज केन्द्र बुधबार, भाद्र १०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

सर्लाही सदरमुकाम मलंगवाबाट आफ्नो थातथलो गैर फर्किरहँदा धर्मराज मिडिया ग्रुप प्रा.लि का व्यवस्थापक विकाशकुमार ठाकुर माथि बाटामा रोकेर केही उच्छंखृल र आपराधिक प्रवृत्तिका व्यक्तिले आक्रमण गर्ने प्रयास गरेका छन् । 

हिजो (मंगलबार) राति मोटरसाइकलमा यात्रा गरिरहेकाले हेल्मेट लगाउनैपर्ने अवस्था आदिका कारण मलाई गम्भीर क्षति व्योहोर्नु परेन । तर, उनीहरूले प्रहार गरेको लठ्ठीबाट गोडामा चोट लागेको छ, ठाकुरले भने- आक्रमणकारीहरूले नम्बरका आधारमा मेरो बाइक चिन्ह्ति गरी ‘तिमी नै हो अख्तियारका विषयमा समाचार लेखाउने, तिमीले नै हाम्रो मन्त्रीज्यूको खेदो खन्न लागिपरेका हुन्छौं’ भन्दै ममाथि जाइलागेकाले आक्रमण सुनियोजित र षड्यन्त्रको प्रतिफल भएको मेरो ठहर छ । 

आक्रमणबाट जेनतेन जोगिएर म घर आएँ । घरमा आमाबुवा, भाइ र श्रीमतीलाई घटनाबारे जानकारी गराइसकेपछि मैले समाजिक सञ्जालमा त्यस विषयमा लेखेको हुँ । धर्मराज मिडिया ग्रुपद्वारा सञ्चालित – गत केही दिनयता प्रदेश २ मा भइरहेका भ्रष्टाचार र अनियमितताबारे समाचार प्रकाशन भइरहेको र आक्रमणकारीले प्रयोग गरेका वाक्यले पनि तिनै समाचारका कारण प्रदेश २ का एक मन्त्रीको निर्देशनमा घटना गराइएको भन्ने मेरो प्रारम्भिक आशंका छ । 

यसैबीच, जनता समाजवादी पार्टीका स्थानीय विधार्थी नेता मलंगवाका मिथिलेश यादवले मेरो फेसबुक स्टाटसमा जसपाकै एक युवा नेता अजयकुमार झाले गरेको एक कमेन्टमा ‘अजय दाइ, यस्तो घटना नै भएको छैन’ भनेर प्रत्युत्तर लेखेपछि मेरो शंका यथार्थ नै हो भन्ने लागेको छ । घटनास्थलमा म र ती आक्रमणकारीबाहेक अरू कोही नभएकाले प्रहरी अनुसन्धानबिना नै मिथिलेश यादवले घटना नै नभएको ठोकुवा गर्नु र उनै मिथिलेशले आफ्ना एकजना साथी (भाइ) मुकेशकुमार यादवका मार्फत समाजिक सञ्जालमा मविरुद्ध स्टाट्स लेख्न लगाएका छन् । र, उक्त स्टाट्समा कमेन्ट गर्दै यादवले घटना सत्य हुन सक्छ भन्दै धम्की दिएका छन् । केही बेरपछि सो कमेन्ट एडिट गरिएको छ । 

मुकेशकुमार यादवले फेसबुकमा प्रदेश सरकारलाई बदनाम गर्न तत्काल बन्द गरियोस् र विकास ठाकुरले लेखेको ‘म मलङवाबाट घर जाने बेलामा प्रदेश सरकारको कोही मन्त्रीले मलाई आफ्नो कार्यकर्ता लगाई कुटपिट गरिएको भन्नी स्टाटस राखेको घटना मनढन्ते र झुटो हो भनी लेखेका छन् ।

उनले सत्य घटना भन्दै मनगढन्त र काल्पनिक एउटा विवरण उल्लेख गरेका छन्् । ‘सर्लाही जिल्लाका बहुचर्चित लोकप्रिय नेता भूपू गृहराज्यमन्त्री सोनेलाल रायको दाहसंस्कारबाट फर्किँदा मलङ्वा बजारको कुनै दारु भट्टीमा दारु खाँदै गर्दा आफू यो त्यो हो, संघीय र प्रदेश मन्त्री बनाउने मान्छे म नै हँु । म चाहे यहाँ जे पनि गर्न सक्छु ,आदि कुराको फुर्ती लगाउदै गर्दा त्यस भट्टीमा बसेका अरू दरुवालाई त्यो कुरा अपाच्य हुँदा त्यहाँ समान्य बोलचाल र निज विकास ठाकुरलाई दरुवाहरूद्वारा नै कुटपिट गरिएको हो । दारु भट्टीमा झगडा गरी प्रदेश सरकारलाई बदनाम गराउने निज विवकास ठाकुरको असली चरित्र सबै सम्झाउन यो पोस्ट गरिएको छ । त्यसलाई मन्त्रीले कुटपिट गराउने कुरा आफैंमा हास्यास्पद हो, उनको विवरणको फेहरिस्त हो यो ।

दाजु रामगोपाल यादब्को बुवा सोनेलाल यादवको दाहसंस्कारमा गएको थिइनँ । मेरो मलंगवाका कुनै भट्टीमा कसैसँग वादविवाद भएको छैन । प्रदेश सरकारलाई बदनाम गराउने खेलमा म संलग्न छुइँन । प्रदेश होस् वा संघीय सरकार होस् कहीँकतै बेथिति छन् भने तिनलाई सामुन्ने ल्याउने काम पत्रकारको हो । र, नेपालपाना डटकमले सुरुदेखि नै भ्रष्टाचार एवं बेथितिविरुद्ध आवाज उठाउँदै आएको छ । अहिले अनलाइनबाट कुनै मन्त्री वा नेताले गरेका गल्तीबारे केही समाचार सम्प्रेषण हँुदैमा प्रदेश सरकारलाई बदनाम गराएको भन्ने हुन सक्दैन । 

मधेसमा भएका आन्दोलन र सयौंं मधेसी जनताको सहादतपछि आएको संघीयता र सोहीमा टेकेर बनेको प्रदेश २ को सरकारका मुख्यमन्त्री वा मन्त्रीहरूले बाटो बिराउदा सचेत गराउने काम प्रत्येक मधेसी जनता र खास्गरी सञ्चारमाध्यमको हो । 

अतः घटना भएको एक घन्टा नबित्दै जसपाका विधार्थी नेता मिथिलेश यादव र उनका साथी (भाइ) मुकेशकुमार यादवको प्रतिक्रिया हेर्दा घटनालाई अन्यत्र मोड्ने र मविरुद्ध लान्छना लगाएर उनीहरू जोगिने दुष्प्रयत्न गरिरहेका छन् भन्ने प्रस्ट छ । मिथिलेश र मुकेशले जनाएका प्रतिक्रिया र मविरुद्धको लान्छना प्रमाणित गर्न म उनीहरूलाई चुनौती दिन्छु, ठाकुरले भने ।

नेपाल प्रहरी, कानुन र सुरक्षा व्यवस्था कायम गर्ने संयन्त्रमाथि विश्वास गर्दै यस घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग  गरेका छन । 

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]