About Contact
१७ फाल्गुण २०७७, सोमबार
Close
बिज्ञापन
होम आईसोेलेशनका संक्रमितलाई क्लोथ बैँकद्वारा नि : शुल्क अक्सिजन सेवा

खोज केन्द्र बुधबार, भाद्र १०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

कोरोना संक्रमित भएर होम आईसोलेसशनमा बसेकाहरूको उपचारलाई लक्षित गरी क्लोथ बैँक जनकपुरले धनुषामा निःशुल्क अक्सिजन सेवा शुरू गरिएको छ । 

जनकपुर र आसपासका क्षेत्रमा समुदायस्तरमा कोरोनाका संक्रमण बढ्न थालेपछि क्लोथ बैँकले यस्तो सेवा सञ्चालन गरिएको हो । होम आइसोलेशनमा बसेकाहरूलाई श्वासप्रश्वासमा समस्या भएमा तत्कालका लागि अक्सिजन उपलब्ध गराउन हेल्प डेक्स शुरू गरिएको संयोजक राजिव झाले  बताए ।

जनकपुरका युवाहरुको सहयोग सहकार्यमा सेवा सञ्चालन गरिएको हो । धनुषा जिल्लाका प्रहरी एवम् चिकित्सकहरु को सहयोगी टोली निर्माण गरी अक्जिसनका सिलिण्डरसहितका सामग्री हस्तान्तरण गरिएको छ । हेल्प डेस्कमा रेगुलेटर, पाईप, स्यानिटाइजर र पन्जा पनि उपलब्ध गराइएको संयोजक झाले जानकारी दिए । 

जनकपुरमा राखिएको कोभिड हेल्प डेस्कमार्फत अक्सिजन प्रदान गरिदैंछ। होम आईसोलेसनमा रहेका संक्रमितको स्वास्थ्यमा अचानक समस्या आएमा अस्पतालसम्म पुर्‍याउन सहज होओस् भन्ने उद्देश्यले अक्सिजन सेवा सञ्चालन गरिएको हो । 

सम्बन्धित

ताजा अपडेट
झा दम्पतिको वेपत्ता प्रकरण: डिआईजी सिंह भन्छन – छिटै अपराधी सार्वजनिक हुन्छ
सर्मिष्ठाले सुसाईड नोट लेख्दै भनिन ‘राहुललाई कारवाही होस’
नागरिकता माग्दै धनुषामा प्रदर्शन

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]