About Contact
०९ माघ २०७७, शुक्रबार
Close
बिज्ञापन
बारामा चार सङ्क्रमितको मृत्यु

खोज केन्द्र बुधबार, भाद्र १०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

बारा: कोरोना सङ्क्रमणबाट बारामा पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ ।

सङ्क्रमण भइ गण्डकस्थित कोभिड अस्पतालमा उपचारका क्रममा चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिनुभयो ।

बिहान २ जना र राति दुई जनाले ज्यान गुमाएका हुन् । राति ज्याउ गुमाउनेमा कलैया उपमहानगरपालिका १ का ७० वर्षीय वृद्ध विश्वनाथप्रसाद जैसवाल र विश्रामपुर गाउँपालिका १ छतवाका ४२ वर्षीय अशोकप्रसाद यादव रहेको डिएसपी मिश्रले बताउनुभयो ।

बिहान सुवर्ण गाउँपालिका वडा नम्बर ५ औरैयाका ७२ वर्षीय धुपलाल यादव र महागढीमाई नगरपालिका वडा नम्बर ४ का ५९ वर्षीय गेनाप्रसाद साहको मृत्यु भएको थियो । मृतक चारजनाको स्वास्थ्यमा समस्या देखिएपछि कोरोना परीक्षण गरिएको थियो । कोरोनो पोजिभिट देखिएपछि उपचाररत रहेका उनीहरुको अस्पतालमै ज्यान गएको हो ।

योसँगै बारामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । बारामा बुधबारसम्म सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ४१६ रहेको छ ।

सङ्क्रमितमध्ये ८२ जना कलैयास्थित गंगापुर आइसोलेशन केन्द्रमा छन् भने ३१९ जना घरमै छुट्टै बस्दै आएका छन् । सङ्क्रमण भइ उपचारपश्चात बारामा हालसम्म २९० जना घर फर्किसकेका छन् । बुधबार मात्रै बारामा २३ जना सङ्क्रमित थपिएका छन् । ४ जनाको मृत्युसँगै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]