About Contact
१५ फाल्गुण २०७७, शनिबार
Close
बिज्ञापन
मन्त्री साहको छोरा र सांसद महतोको ज्वाइले गर्छन् कमिसनको सेटिङ्ग

खोज केन्द्र बुधबार, भाद्र १०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषाको नगराइन नगरपालिकाको गंगुली क्वारेन्टाइन व्यवस्थापनको जिम्मा पाएका समाजिक विकास मन्त्रालयका मन्त्री नवलकिशोर साहले करोडौं भ्रष्टाचार गर्दा पनि सम्बन्धित निकाय मौन देखिन्छ उक्त कवारेन्टाइनको लागि खाद्यसामग्री र औषधीहरुमा बजारको मूल्यभन्दा दोब्बर तेब्बरमा रेटमा खरिद गरेको खुलासा यसअघिनै भैसकेपनि अहिलेसम्म कुनै कारबाही नहुदाँ प्रदेश नं २ को सरकारमाथिनै प्रश्न चिन्ह खडा भएको छ ।

धनुषामा गंगुली र सफही क्वारेन्टाइन प्रदेश २ को समाजिक विकास मन्त्रालयको मातहतमा रहेको छ गंगुली क्वारेन्टाइन गत चैत १४ गतेदेखि संचालनमा छ तर अहिलेसम्म के कति खर्च भएको छ त्यो पार्दशी गरेको छैन संम्बन्धित मन्त्रालयमा खर्चको विषयमा सूचना माग्न जादाँ सूचना नदिने आलटाल गर्ने गरिन्छ यसबाट थप शंका पैदा भएको छ ।

समाजिक विकास मन्त्रालयका मन्त्री नवलकिशोर साह तत्कालीन राजपाबाट राजेन्द्र महतो सिफारीसमा नियुक्त भएको हो श्रोतका अनुसार मन्त्री साहको छोरा सुमित साह र सांसद राजेन्द्र महतोको ज्वाइ अनिल महासेठको मिलोमतोमा सामग्री खरिदमा व्यापक भ्रष्टाचार गरेको हो ।

कोरोना अहिले मानव सभ्यतामाथिनै चुनौतीको रुपमा खडा भएको हो यस्तो अवस्थामा पहिलो प्रथमिकता नागरिकको स्वास्थ हुनुपर्ने हो तर मन्त्री साहले छोरा सुमित साह र सांसद महतोले ज्वाइ अनिल माहासेठ मार्फत ठेक्केदार मिलाउने कमिसन असुल्ने प्रथमिकतामा राखिएको नाम नखोल्ने सर्तमा एक जना प्रदेश सांसदले बताए ।

उनले भने समाजिक विकास मन्त्री नवलकिशोर साहले गरेको आर्थिक चलखेलको बारे मिडिया मार्फत दैनिकी नयाँनयाँ खुलासा हुदाँपनि मुख्यमन्त्री एक्सन नलिनुको कारण हो मन्त्री साह तत्कालीन राजपाबाट राजेन्द्र महतो सिफारीसमा मन्त्री बनेका हुन उहाँलाई केही दयाँबयाँ गरियो भने प्रदेश २ को सरकारकै नयाँ समीकरणमा जान सक्छ त्यसकै फाइदा उठाइरहेको छ मन्त्री र सांसद महतो ।

अर्थ मन्त्रालयका अनुसार क्वारेन्टाइन व्यवस्थापनको नाममा समाजिक विकास मन्त्रालयले ८६ करोड ५५ लाख ८४ हजार ७ सय ८० रुपैयाँ निकासा ५४ कार्यक्रम संशोधन सहित ८७ करोड ९ लाख ८४ हजार ७ सय ८० रुपैया निकासा गरेको हो ।

अर्का मुख्यमन्त्रीको मातहतमा रहेको कोभिड व्यवस्थापन कोष संचालक समितिले २५ करोड निकासा गरिएको छ त्यसबाट गंगूली क्वारेन्टाइनको लागि ५० लाख,गजेन्द्रनारायण सिहँ अस्पताललाई औषधी उपकरण तथा क्षमता स्तरोन्नतिको लागि १० लाख र प्रदेशिक अस्पताल जनकपुरमा ५० शैयाको आईसीयूको लागि ५ करोड ६४ लाख ९५ हजार ९ सय रुपैयाँ उपलब्ध गराइएको हो ।

समाजिक विकास मन्त्रालयले मात्रै कोरोना उपकरण र औषधीको लागि विभिन्न शिर्षकमा ७६ करोड भन्दाबढी रकम निकासा गरिएको हो तर हालसम्म कुनै मन्त्रालयले खर्च विवरण सर्बजानिक नगर्दा अर्थ मन्त्री विजय यादव चिन्ता व्यक्त गरेका छन ।

सम्बन्धित

ताजा अपडेट
बिकासको लहर: मन्त्री महतोद्वारा एकै दिन धनुषामा ५ पुल शिलान्यास
संसद् पुनः स्थापना संगै प्रचण्ड–माधव बेचैन, ओली–देउवा शान्त
हामी प्रधानमन्त्री ओली कै युवा हौँ – युवा नेता झा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]