About Contact
०८ आषाढ २०७८, मंगलबार
Close
बिज्ञापन
महिला क्रिकेट खेलाडीको कोरोना बीमा

खोज केन्द्र मंगलबार, भाद्र ०९, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय महिला क्रिकेट खेलाडीको कोरोना बीमा गरेको छ । क्यानले मङ्गलबार विज्ञप्ति जारी गर्दै १८ सिनियर महिला खेलाडीको कोरोना बीमा गरेको जनाएको छ ।

यसअघि क्यानले पहिलो चरणमा सिनियर पुरुष क्रिकेट टोलीका २३ खेलाडीसहित ५१ जनाको बीमा गरेको थियो । कोरोना सङ्क्रमणको त्रास बढ्दै गएको अवस्थामा क्यानले खेलाडी, मैदानमा खटिने कर्मचारी र क्यान कार्यालयका कर्मचारीको यस अघि बीमा गरेको हो । बीमा गरिएका महिला खेलाडीको नाम भने क्यानले सार्वजनिक गरेको छैन ।

पहिलो चरणमा पुरुष खेलाडी, मैदानका कर्मचारी तथा क्यान कार्यालयका कर्मचारीको कोरोना बीमा गरेपछि क्यानले दोस्रो चरणमा महिला खेलाडीको बीमा गरेको हो । लामो समयदेखि क्यानले कोरोना महामारीका कारण पुरुष तथा महिला खेलाडीका लागि प्रशिक्षणको चाँजोपाँचो मिलाउन सकेको छैन ।

राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले सम्पूर्ण खेलकूद गतिविधि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । महिला खेलाडीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उक्त बीमा गरिएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमआरआई खरिद टेन्डर विवाद, समाजिक मन्त्रीको छोराको कमिशन वार्गेनिंग
उपेन्द्र पक्षले माग्यो आधिकारिकता
प्रदेश २: पानीमा डुबेर मर्नेको संख्या बढ्दो, डुबेर मृत्यु हुनेमा अधिकांश बालबालिका

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]