About Contact
१५ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
रुपन्देहीमा एकै घरका चार सहित २३ जनामा कोरोना सङक्रमण पुष्टी

खोज केन्द्र मंगलबार, भाद्र ०९, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

रुपन्देही : जिल्लाको कञ्चन गाउँपालिकाको वडा नं १ मा एकै घरका चार सहित २३ जनामा आज कोरोना सङ्क्रमण भएको छ ।

भैरहवास्थित प्रादेशिक अस्पतालमा उनीहरुको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

भारतबाट आएर होम क्वारेन्टिनमा बसेका एकै घर परिवारमा ४ र ९ वर्षका बालक समेत रहेको उहाँले बताउनुभयो । सो गाउँपालिकाको वाड नं १, ३, ४ र ५ मा होम क्वारेन्टिनमा बसेकामा कोरोना सङ्क्रमण देखिएको छ । कोरोना सङक्रमित सो उमेर समूह बाहेक १८ देखि ४५ वर्षसम्मका छन । सङ्क्रमणसँगै गाउँपालिकाको वडा नं १ स्थित लौसा लगायतका क्षेत्र बन्द गरिएको कञ्चन गाउँपालिकाले जनाएको छ ।

अध्यक्ष क्षेत्रीले इजाजतप्राप्त बाहेक अन्य सवारी साधन र मानिसलाई हिडडुलमा रोक लगाइएको बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीका प्रमुख राजेन्द्र गिरीका अनुसार आज मात्रै ५४ जना कोरोना सङ्क्रमित थप भएका छन ।

योसँगै कोरोना सङक्रमितको सङ्ख्या जिल्लामा ७२८ पुगेको छ । जिल्लामा ३४५ निको भएर घर फर्केका छन ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: कस्को योजनामा भयो पर्सा हत्याकाण्ड !
प्रधानमन्त्री ओली र प्रचण्ड: दश दिन भो नबोलेको !
मुस्लिम समुदायले पैगम्बरको आचरण अनुसरण गरुन : राज्यमन्त्री कुशवाहा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]