About Contact
०८ आश्विन २०७७, बिहिबार
Close
बिज्ञापन
सिरहाको कटैयामा एकै प्रकारको लक्षणबाट दुई दिनमा ३ जनाको मृत्यु

खोज केन्द्र आइतबार, भाद्र ०७, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

सिरहा : सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका–१ कटैया गाउँका एकै प्रकारको लक्षणबाट दुई दिनमा तीन जनाको मृत्यु भएको छ । टाउको दुख्‍ने, वान्ता आउने र बेहोस भएपछि कटैयाका ३८ वर्षीय रामउदगार मुखियाको आइतबार बिहान मृत्यु भएको छ ।

त्यही लक्षणबाट बेहोस भएका कटैयाका २८ वर्षीय दिपेश मुखियाको धरानमा उपचारका क्रममा आइतबार अपरान्ह मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसअघि शनिबार राति १ बजे कटैया गाउँकै ३८ वर्षीय श्यामदेव यादवको पनि टाउको दुख्‍ने, वान्ता हुने र बेहोस भएपछि मृत्यु भएको थियो । एकै प्रकारको लक्षणबाट २ दिनमा ३ जनाको मृत्यु भएपछि कटैया गाउँ त्रसित बनेको सखुवानन्कारकट्टी गाउँपालिका-१ का वडाध्यक्ष शुभ नारायण यादवले बताए ।

मृतक तीनै जनाले टोलमै घरेलु मदिरा सेवन गर्दै आएको र विषाक्त रक्सीकै कारण मृत्यु भएको हुनसक्ने अनुमान गाउँलेको रहेको वडाध्यक्ष यादवले सुनाए । इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी शरत थापा क्षेत्रीले एकै प्रकारको लक्षणबाट तीन जनाको मृत्यु भएको देखिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।

तीन जनाको मृत्यु भएपछि सखुवानन्कारकट्टी गाउँपालिकाका स्वास्थ्य संयोजक हरि नारायण चौधरी, सिनियर अहेव राजेन्द्र प्रसाद यादव, अहेव विद्यासागर यादवको टोली घट्ना भएको गाउँ पुगेका थिए । स्वास्थ्य संयोजक चौधरीले मृतक सबैमा टाउको दुख्ने, वान्ता आउने र त्यसपछि बेहोस भएर मृत्यु भएको जानकारी आफूहरुले पाएको बताए ।

यसैबीच, एक साताको अवधिमा सिरहाको नवराजपुर गाउँपालिका–३ फूलबरियाको डोम बस्तीमा २ जनाको मृत्यु भएको छ । गत साउन ३२ गते २५ वर्षीय उदगार मल्लिक र भदौ ५ गते २७ वर्षीय नागेन्द्र मल्लिकको मृत्यु भएको छ । मदिरा सेवन गरेर सुतेका ती दुवै जनामा टाउको दुख्‍ने, बान्ता हुने र बेहोस भएर मृत्यु भएको स्थानीयले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश २: सार्वजनिक यातायातमा छैन सुरक्षा सतर्कता
प्रदेश २: ३२ लाख नक्कली नेपाली रुपियाँ बरामद
जनतान्त्रिक तराई मुक्ति मोर्चाले स्थानीय तहसम्म संगठन बिस्तार गर्दै

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]