About Contact
१३ फाल्गुण २०७७, बिहिबार
Close
बिज्ञापन
बुटवल कोरोना अस्पतालमा दुईको मृत्यु

खोज केन्द्र आइतबार, भाद्र ०७, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

रुपन्देही : बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको आज मृत्यु भएको छ । मृतक दुवै रुपन्देही जिल्लाका रहेको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । उनीहरुको कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही समरीमाई गाउँपालिका– २ का ३८ वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका –१ की ६७ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले आज जारी गरेको सूचनामा जनाइएको छ ।

मृतकमध्येकी महिलालाई गत साउन ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।उनी मिर्गाैला र उच्च रक्तचापको बिरामी रहेको अस्पतालले जनाएको छ । आज बिहानदेखि स्वास्थ्यमा गम्भीर समस्या आएको र थप उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै समरीमाईका पुरुष यही भदौ १ गते संक्रमण पुष्टि भएर अस्पतालमा भर्ना भएका थिए । उनमा श्वासप्रश्वासमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेकामा आज अपराह्न मृत्यु भएको अस्पतालको सूचनामा जनाइएको छ ।

कोरोना विशेष अस्पतालमा अहिले ३५ संक्रमितको उपचार भइरहेको छ । तीमध्ये १४ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्रप्रसाद खनालले जानकारी दिनुभयो ।

सम्बन्धित

ताजा अपडेट
प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने, संसद ‘फेस’ गर्ने रणनीति
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिँदैन : उपप्रधानमन्त्री ईश्वर पोखरेल
मिथिला बिहारीमा विभिन्न पार्टी परित्याग गरि सयौ नेता कार्यकर्ता जसपामा प्रवेश

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]