About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
प्रदेश नं १ मा थप ७० जना कोरोना सङ्क्रमण पुष्टी

खोज केन्द्र आइतबार, भाद्र ०७, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

विराटनगर: पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ७० जना कोरोना सङ्क्रमित थपिएका छन् । आज थपिएकामा २७ महिला र ४३ पुरुष छन् ।

मोरङमा ५०, झापामा १०, सुनसरीमा नौ र प्रदेश बाहिरका १ जना कोरोनाबाट सङ्क्रमित भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा विराटनगरमा आज ४२ जनामा सङ्क्रमित पुष्टि भएको छ । जसमा १८ महिला र २४ पुरुष छन् ।

मोरङको बुढीगंगा चार महिला एक पुरुष, केराबारीमा दुई र स्थानीय तह नखुलेका एक पुरुषमा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार जिल्ला बाहिर झापाको कमल गाउँपालिकामा एक महिला दुई पुरुष, झापा गाउँपालिकामा एक पुरुष, विर्तामोडमा दुई महिला, कनकाईमा एक महिला, गौरादहमा दुई पुरुष र स्थानीय तह नखुलेका एक पुरुष, सुनसरीको इटहरीका एक महिला आठ पुरुष र धनुषाका एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६५९ पुगेको छ ।

प्रदेश नं १ मा आज २५ जना निको भएर घर फर्किएका छन् । कोभिड–१९ आइसोलेशन केन्द्र रंगेलीबाट २२ र कोभिड १९ आइसोलेशन केन्द्र, चौदण्डीगढी उदयपुरबाट तीन जना डिस्चार्ज भएका हुन् ।

हालसम्ममा प्रदेशमा एक हजार २६७ जना कोरोनाबाट मुक्त भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टाको अवधिमा यस प्रदेशमा ८०५ पीसीआर परीक्षण भइ आजसम्म कूल ७७ हजार १५६ जनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]