About Contact
०७ बैशाख २०७८, मंगलबार
Close
बिज्ञापन
प्रदेश नं २ मा दुईको मृत्यु, ३९० नयाँ सङ्क्रमित

खोज केन्द्र आइतबार, भाद्र ०७, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम : प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोनाको सङ्क्रमणबाट दुई जनाको मृत्यु हुनुका साथै ३९० जना नयाँ सङ्क्रमित थपिएका छन् ।

यस प्रदेशमा सो अवधिमा पर्साबाट ५६ वर्षीया एक महिला र सर्लाहीबाट ३१ वर्षीया एक महिला गरी दुई महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छ ।

योसमेत गरी प्रदेश नं २ मा कोरोनाको सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुगेको छ । यसका साथै, पछिल्लो २४ घण्टामा धनुषामा ६० जना, पर्सामा १३९ जना, बारामा ३९ जना, महोत्तरीमा ३४ जना, रौतहटमा नौं जना, सप्तरीमा चार जना, सर्लाहीमा ९१ जना र सिरहामा १४ जना गरी ३९० जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले जानकारी गराउनुभयो ।

यो समेत गरी यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार ९१० पुगेको छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]