About Contact
०४ आश्विन २०७८, सोमबार
Close
बिज्ञापन
तीन बालिका वाग्मतीमा बेपत्ता

खोज केन्द्र आइतबार, भाद्र ०७, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

रौतहट: नुहाउन गएका तीन बालिका गढीमाई नगरपालिका वडा नम्बर ७ धरमपुरघाटस्थित वाग्मती नदीमा आज बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा धरमपुर टोल बस्ने भदई मुखियाकी १० वर्षीया छोरी पिंकुकुमारी, लछुमन दासकी १२ वर्षीया छोरी सुशीलाकुमारी र छट्टु मुखियाकी १० वर्षीया छोरी चञ्चलकुमारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काले बताउनुभयो ।

ऋषिपञ्चमीका अवसरमा बिहान करीब .१० बजे टोलका अन्य महिलासँग नुहाउन गएका बालिकाहरु नुहाउँदा नुहाउँदै अचानक बेपत्ता भएको स्थानीयवासी महिलाले बताएका छन् ।

सो घटनाको खबर आएपछि इलाका प्रहरी कार्यालय समनपुरका प्रहरी नायब निरीक्षक क्षेत्रबहादुर बरुवालको नेतृत्वमा गएको प्रहरी तथा सशस्त्र बेश क्याम्प समनपुरको प्रहरी टोली घटनास्थलमा पुगेर खोजतलास शुरु गरेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो ।

अन्य दिनका तुलनामा आज पानीको बहाव तीव्र रहेको रौतहट प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]