About Contact
११ मंसिर २०७७, बिहिबार
Close
बिज्ञापन
समाजिक मन्त्रीले संचालन गरेको क्वारिन्टीनमा कार्यालय सहयोगीले गर्छ बिरामीको उपचार

खोज केन्द्र शनिबार, भाद्र ०६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेस नम्बर २ सरकार तथाअ समाजिक मन्त्रीले संचालन गरेको क्वारिन्टीनमा रासन खाद्यन तथा मशलन्द सामग्री को भ्रष्टाचार को घटना सेलाउन नपाउंदै कार्यालय सहयोगी ले बिरामीको उपचार तथा हेरचाह गर्दै आएको रहस्य बाहिर आएको छ ।

समाजिक मन्त्रालय ले संचालन गरेको धनुषाको नगराईन नगरपालिकाको गंगुली स्थित क्षेत्रीय आइशोलेसन सेन्टरको जहाँ कोरोना संक्रमितहरु थुपारिएको गरिएको छ ।

आइशोलेसनमा एक त कुनै उपचार नै छैन । समय समयमा दुर दराजवाटै हालखवर सोधिन्छ । बिरामीको अवस्था खराब भएपनि कुनै उपचार हुदैन, बिरामी राकेश साह भन्छन- यो अघोषित जेल नै हो ।

तर शनिवार तथ्य बाहिर आयो । उक्त आइशोलेसनमा चिकित्सक ले होईन ! कार्यालय सहयोगी ले बिरामीको उपचार हेरचाह गर्दै आएको रहेछ । कोरोना पोजेटिभ भएर उपचारका लागि गंगुली क्वारेन्टीनमा रहेका पत्रकार राकेशसाहले उक्त दृश्य कैद गरेपछी प्रदेस सरकारको भ्रष्टाचार संगै समाजिक मन्त्री नवल किशोर साहको गैर जिम्मेवारीको चौतर्फी आलोचना सुरु भएको छ ।

नाम नबताएपनि आफ स्वीपरको जिम्मेवारीमा रहेको बताउने पिपिई लगाएका व्यक्ति थर्मलगन सहित विरामीहरुको उपचारमा आएको धाक लगाए । मोबाईलको क्यामेरा तेर्साउदै पत्रकार साहले तपाई डाक्टर हो र सोध्दा होइन मलाई डाक्टर साहेवले पठाउनु भएको छ उनले जवाफ फर्काए ।

अनि पत्रकारले समान्य मान्छेको शरिरको तापक्रम कति हुन्छ थाहा छ तपाईलाई ? अर्को प्रश्न गर्दा जिल्ल परेका व्यक्ति आफु स्वीपर रहेको र डाक्टर साहेवको आदेशमा एकजना बृद्व विरामीको तापक्रम नाप्न आएको बताइ रहेका छन् ।

मन्त्री साहले कान्छो छोरा सुमित साह सुडी मार्फत उक्त क्वारेन्टीनको खर्चमा ठूलो भ्रष्टाचार गरेको प्रमाण केही दिन अगाडी नै सार्वजनिक भैसकेको छ ।

सम्बन्धित

ताजा अपडेट
बर्दिबासमा बलात्कार गरी हत्या गरेकी बालिकाको न्यायको जानकी मन्दिरमा श्रध्दाञ्जलि
जनकपुरमा घन्कियो: ‘राजा आउ, देश बचाउ’
बर्दिबास प्रदर्शन झन उग्र : प्रहरीको गोली लागेका युवकको मृत्यु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]