About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
नेपालमा संक्रमित ३० हजार नाघ्यो, २४ घण्टामै ११ जनाकाे मृत्यु

खोज केन्द्र शुक्रबार, भाद्र ०५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडाैं : नेपालमा संक्रमितको संख्या ३० हजार नाघेकाे छ । नेपालमा पछिल्लो २४ घण्टामा थपिएका ८३८ जनामध्ये थपिएसँगै नेपालमा संक्रमितको संख्या ३० हजार ४८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ५७९ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा ८३८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रयोगशालामा गरिएको परिक्षणका क्रममा २९२ महिला र ५४६ पुरूष रहेका छन ।

यस्तै गएको २४ घण्टामा २५० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार २१४ पुगेको छ । नेपालमा १२ हजार १३२ जना सक्रिय सङ्क्रमित छन् । यस्तै १२ हजार २३४ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमा काठमाडौं १४२ , ललितपुरमा २५ र भक्तपुरमा १५ जना रहेका छन् । शुक्रबार थप २५० जना डिष्चार्ज भएका छन् भने हालसम्म १८,२१४ जना डिष्चार्ज भएको मन्त्रालयका प्रवक्ता गौतमले जनाए।

कोरोनाले लियो २४ घण्टामै ११ जनाको ज्यान

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ११ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा मात्र ११ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।

शुक्रबार मृत्यु हुनेमध्ये एक महिला र १० पुरुष छन् । मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठान गरेर ११ जिल्लामा एक–एक जना गरी ११ जनाको मृत्यु भएको हो ।

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]