About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
बर्दियामा जारी निषेधाज्ञा राति १२ बजेदेखि हट्ने

खोज केन्द्र शुक्रबार, भाद्र ०५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

बर्दिया:जिल्ला प्रशासन कार्यालय बर्दियाले आफूले जारी गरेको निषेधाज्ञा आज राति १२ बजेदेखि हटाउने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीका अध्यक्षतामा आज बसेको कोभिड –१९ संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको जिप्रकाका सूचना अधिकारी नारायणप्रसाद ढकालले जानकारी दिनुभयो ।

जिप्रकाले यही भदौ ६ गतेदेखि लागू हुने गरी बिहान ९ देखि साँझ ५ बजेसम्म व्यापारव्यवसाय सञ्चालन हुने र राति ९ देखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

यस्तै जिल्लाभर सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गरिने, चाडपर्वलगायत धार्मिकसांस्कृतिक कार्य गर्नका लागि हुने जमघट गर्न नपाइने तथा शैक्षिक संस्था, सभा, गोष्ठी, तालीम, शैलून, ब्युटी पार्लर, जिमखाना सञ्चालन गर्न नपाइने निर्णय भएको सूचना अधिकारी ढकालले जानकारी दिनुभयो ।

पछिल्लो समय जिल्लाभित्र समुदायस्तरमा कोरोना सङ्क्रमण देखा परेपछि जिप्रकाले जिल्लाभर लागू हुने गरी गत साउन २५ गतेदेखि १४ दिनसम्म निषेधाज्ञा जारी गरेको थियो ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]