About Contact
१५ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
वीरगञ्जमा कोरोना संक्रमितको मृत्यु

खोज केन्द्र शुक्रबार, भाद्र ०५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

वीरगञ्ज: पर्सामा आज एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

नारायणी अस्पतालको अस्थायी कोभिड उपचार केन्द्र वीरगञ्ज हेल्थकेयरमा भर्ना भएका वीरगञ्ज महानगरपालिका वडा नं १० रानीघाट निवासी ४८ वर्षीय पुरुषको आज अपराह्न १ बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि गत साउन ३१ गते उपचारका लागि नारायणी अस्पतालमा पुगेका उनको साउन ३२ गते पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएपछि हेल्थकेयरमा भर्ना गरी उपचार गरिँदै आएको अस्थायी कोभिड उपचार केन्द्र गण्डकका संयोजक डा उदयनारायण सिंहले जानकारी दिनुभयो ।

ज्वरो, खोकी तथा श्वासप्रश्वास रोगबाट ग्रसित उनलाई स्वास्थ्यावस्था बिग्रिँदै गएपछि साउन ३२ गते नै हेल्थकेयर अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो ।

यससँंगै कोरोना संक्रमणकै कारण हालसम्म २५ पर्सावासीको मृत्यु भइसकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]