About Contact
०९ कार्तिक २०७७, आइतबार
Close
बिज्ञापन
मेयर बरबरिया र वडा अध्यक्ष मन्डलको मिलोमतोमा गैरकानूनी रुपमा सार्बजनिक ६ सय रुख बिक्री , स्थानिय अगुवाद्वारा रोक

खोज केन्द्र शनिबार, पौष १२, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुर- धनुषाको सहिद नगरपालिकाका मेयर उदय बरबरिया र वडा न.६ का अध्यक्ष रामएकवाल मन्डलले सार्बजनिक सम्पत्ति हत्याउन लागेको रहस्य बाहिर आएको छ । गैरकानुनी रुपमा बिक्री गरिएको रुख काट्न नदिएपछि मेयर र वडा अध्यक्षको रहस्य बाहिर आएको हो ।


सहिद नगरपालिका वडा न.६ को बरहकी पोखरी डिलमा रहेको सार्बजनिक रुख मेयर बरबरिया र अध्यक्ष मन्डलले बिक्री गरि कटान सुरु गरेपछी स्थानीय अगुवा तथा राजनितिककर्मीहरुले रोक लगाएका छन । मेयर बरबरिया र अध्यक्ष मन्डलले पोखरी डिलमा रहेको ६ सय सपेताको रुख प्रक्रिया बिना नै रकम कुम्ल्याउनको लागि गोप्य रुपमा बिक्री गरेपछि स्थानीय अगुवा तथा राजनितिककर्मीले रुख काट्न नदिएको समाजबादी पार्टीका यूवा नेता उमेश निरालाले जानकारी दिए ।


स्थानियको आग्रहमा आफूहरुले सार्बजनिक रुखको अबैध बिक्री तथा कटानमा रोक लगाएको निरालाले बताए । यद्यपि उनीहरुले १०/१२ वटा रुख काटिसकेको छ । नगरपालिकामा रुख बिक्री तथा कटानको कागजी प्रक्रिया उपलब्ध गराउन माग गरेको उनले बताए ।


नेता निरालाको अगुवाइ तथा गौरी मन्डल, दिनेश मन्डल लगायत का अगुवाहरुले गैरकानूनी रुख बिक्री बिरुद्ध नगरपालिकाको न्यायीक समिती सहित सम्बन्धित निकायमा उजुरी दिने जानकारी गराए । रुख कटान रोक्नका लागि ईलाका प्रहरी कार्यालय यदूकुहाका ईन्चार्ज दिपक बाबू केसीलाई समेत जानकारी गराइएको छ । ईन्चार्ज केसीले आफ्नो काम शान्ती सुरक्षा मात्र उपलब्ध गराउने प्रतिक्रिया दिएको निरालाले सुनाए ।


रुख काट्न नदिएपछी मेयर बरबरिया गोप्य बैठकमा सक्रिय भएका छ्न । यता गौर कानूनी रुख बिक्री तथा कटान सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा मेयर बरबरिया र वडा अध्यक्ष मन्डलसंग सम्पर्क हुन सकेन ।

सम्बन्धित

ताजा अपडेट
जनकपुर: राजदेवी मन्दिर मा ८९६८ बोका बली दिईयो (फोटो फिचोर)
प्रशासनको उर्दिका बबाजुद्व राजदेवी मन्दिरमा बलि दिईने
पूर्वराजा ज्ञानेन्द्रको सरकारलाई प्रश्न- जनताको अभिभावक खोई !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]