About Contact
०९ कार्तिक २०७७, आइतबार
Close
बिज्ञापन
दोहोरो नागरिकता भएकोलाई मदरसाको प्रअमा नियुक्ती , पुरै कार्य सेटिङमा

विद्यालय व्यवस्थापनदेखि महानगरपालिकासम्मको मिलेमतो

खोज केन्द्र बिहिबार, भाद्र ०४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

विराटनगरः विराटनगर महानगरपालिका भित्र सञ्चालित एक मदरसा(मुस्लिम समुदायका धार्मिक विद्यालय) मा भारत र नेपालका नागरिकता भएकालाई प्रध्यानाध्यापकमा नियुक्त गरेको बाहिरिएको छ ।

विराटनगर महानगरपालिका वडा नम्बर १३ स्थित पुरानो हवाई फिल्डमा रहेको ताजुल ईस्लाम आधारभुत विद्यालयको प्रअमा दोहोरो नागरिकता भएकोे मो.जावेदलाई नियुक्त गरेको तथ्य खुलेको छ ।

केही समय पहिले सम्म सोही विद्यालयको एक सामान्य शिक्षक पदमा रहेको उनलाई विद्यालय व्यवस्थापन समिती र विराटनगर महानगरपालिकाको शिक्षा शाखाको मिलेमतोमा असार ३० गते प्रअ बनाईएको महानगर मुख्यालय श्रोतको दावी छ । श्रोतको दावी अनुसार मो.जावेदलाई प्रअ बनाउन विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हैदर अलीले नाटकियशैलीमा जेठ १ गते राजिानामा दिन लगाएका थिए । यता मो.जावेदको जेठ २ गते प्रअ मौलाना समसुल हकले राजिानामा स्विकृत गरेपछि मो.जावेदलाई प्रअ बनाउने चलखेल सुरु भएको थियो ।

विद्यालय व्यवस्थापन समिती र विराटनगर महानगरका शिक्षा शाखाको मिलेमतोमा प्रअ बनाइएको मो.जावेदको छिमेकी मुलुक भारतको समेत नागरिकता रहेको प्रमाण फेला परेको छ । नेपाली नागरिकतामा बुबाको नाम असलम मिँया लेखाएको मो.जावेदले भारतको भारत निर्वाचन आयोगको परिचय पत्रमा बुवाको नाम सागिर मिस्त्री लेखाएको छ ।

पुरै परिवारको दोहोरो नागरिकता भएको उनलाई कसरी विद्यालय व्यवस्थापन समितीले प्रअमा नियुत्रः गर्याे भन्ने कुरा शंकास्पद देखिन थालेको छ । यसरी दोहोरो नागरिकता भएकालार्इृ विद्यालयको प्रअ जस्तो जिम्मेवारी कसरी दिइयो भन्ने प्रश्न समेत उठ्न थालेको छ ।

वि.व.समितीले प्रअमा नियुक्त गरेको मो.जावेदको बुवा मो.असलम , आमा बशीरन खातुन , भाई मो.आविद र भाउजु अखतरीसबैको दोहरो नागरिकता रहेको छ ।

यता आमा बशीरन खातुनको नाममा भने विराटनगर महानगरपालिकाको साबिक २२ र हालको १७ नम्बर वडा स्थित ईस्लामपुरमा सिट नम्बर ०९७२.०८,कित्ता नम्बर ३० को घ वर्गको ०१३३४.३२,ठेली पास नम्बर ४७ को ४ कठ्ठा जग्गा समेत रहेको छ ।

यो विषयमा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हैदर अलीले भने आफुलाई कुनै जानकारी नभएको भन्दै बच्न खोजिरहेका छन् । उनले अब यो विषयमा खोजी गर्ने र गलत भए कारबाही गर्ने भन्दै देखावटी प्रतिबद्धता जाहेर गरेका छन् । विद्यालयको कार्यको लागि भनेर आएको लाखौं रकम झवाम्म पार्ने वि.व.सका अध्यक्षकै मिलेमतोमो दाहोरो नागरिकता भएकाले प्रअ पद पाउनुले उनको नियतमाथि नै प्रश्न उठेको छ ।

महानगर मुख्यालय श्रोतका अनुसार पहिले प्रअ रहेको मौलाना समसुल हकसंग विद्यालय व्यवस्थापन समितीको अध्यक्ष हैदर अलीको व्यक्तीगत सम्बंध बिग्रेपछि बिना जानकारी मो.जावेदलाई प्रअमा नियुक्त गरेको हो ।
हालसम्म प्रअको जिम्मेवारी सम्हाल्दै आएका मौलाना समसुल हक भने आफुलाई प्रअबाट हटाईएको कुनै आधिकारीक जानकारी नभएको दावी गरेका छन् ।

मौलाना हकले आफुलाई प्रअ बाट हटाईएको बारे हालसम्म कुनै पत्र समेत नआएको जानकारी दिएका छन् । मौलाना हकको कुरालाई आधार मान्ने हो भने आफुलाई कहिले र किन प्रअबाट हटाइयो भन्नेबारे अनभिज्ञ भएको दवी गर्दै आएका छन् ।

सम्बन्धित

ताजा अपडेट
जनकपुर: राजदेवी मन्दिर मा ८९६८ बोका बली दिईयो (फोटो फिचोर)
प्रशासनको उर्दिका बबाजुद्व राजदेवी मन्दिरमा बलि दिईने
पूर्वराजा ज्ञानेन्द्रको सरकारलाई प्रश्न- जनताको अभिभावक खोई !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]