प्रदेश २ स्थित रौटहटमा बुधबार राति एक जना पुजारीको गोली हानेर हत्या गरिएको छ।
माधवनारायण नगरपालिका-२ स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय राम साहको राति करिब ९ बजे हत्या भएको हो।
उनी त्यति बेला खाना खाँदै थिए। अज्ञात व्यक्तिले कन्चटमा गोली हानेर भागेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भरत श्रेष्ठले जानकारी दिए।
अहिले गोली हान्ने व्यक्ति फरार छन्। यसमा अनुसन्धान गर्न एसपी रविराज खड्का सहितको टोली खटिएको डिएसपी श्रेष्ठले बताए।
‘मन्दिरमा खाना खाँदै गर्दा उहाँमाथि गोली हानिएको छ,’ उनले भने।