About Contact
१३ माघ २०७७, मंगलबार
Close
बिज्ञापन
पर्सामा थप एकजना कोरोना संक्रमितको मृत्यु

खोज केन्द्र बुधबार, भाद्र ०३, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

वीरगन्ज: पर्सामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार मृत्यु हुनेमा वीरगन्ज– ६ रेशमकोठीकी ४० वर्षीया महिलाको रहेकी छिन् ।

उनको वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको नारायणी अस्पतालका डा। उदयनारायण सिंहले जानकारी दिए ।

उनका अनुसार मृत्यु भएकी महिला मधुमेह र निमोनियाबाट पीडित थिइन् ।

उनको केही दिनदेखि एक निजी अस्पतालमा उपचार भइरहेकोमा मंगलबार स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पोजिटिभ देखिएपछि उनलाई कोरोना अस्पतालमा ल्याएको थियो ।

यसअघि मंगलबार राति वीरगन्ज महानगरपालिका– ४ बिर्ताका ८६ वर्षीय पुरुष र बुधबार बिहान वीरगन्ज– १५ भिस्वाका ५७ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

योसँगै वीरगन्जमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । साउनमा मात्रै २७ जनाको मृत्यु भएको हो ।

सम्बन्धित

ताजा अपडेट
धनुषाको शहीदनगरका मेयरको भाइले कुटे इन्जिनियर, कमिशन बिबाद
रौतहट: नयाँ घर बनाउने सपना बोकी विदेश गएका कुर्मीको जब फर्कियो
धनुषाको बिदेह नगरपालिकामा झुलुङे पुल निर्माण

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]