जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय संयोजक एवं राष्ट्रबचाउ अभियानी डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) ले राष्ट्रकवि माधव घिमिरे को निधन प्रति शोक ब्यक्त गरेको छ ।
महाकवि लक्ष्मी प्रसाद देवकोटा पछिका सर्वाधिक जनप्रिय स्रष्टा राष्ट्रकवि माधव घिमिरेकाे स्वर्गाराेहण भएको समाचारले स्तब्ध भएको बताए । नेपाली समाजले साहित्यको युग-पुरुष गुमाएको मेरो बुझाई छ, उनले भने – नेपाल र नेपालीले साहित्य क्षेत्रको ध्रुव तारा अस्ताएको पीडा बोध गर्दै होलान् ! यो हाम्रोलागी अपुर्णिय क्षति हो, जसको भरपाई सायद आउने सयकडौं-हजारौं वर्षसम्म असम्भव होला ।
सयकडौँ-हजारौं कृतिहरु, लेख-रचना, अनुवादहरु, पुस्तकहरुका रचनाकार, प्रकाशक, लेखक एवं सयकडौं मान, पदवी, विभुषण, सम्मानले विभुषित श्रद्धय राष्ट्र-कवि माधव घिमिरे ज्युलाई सत सत नमन एवं आश्रुपुरित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ! साथै शोक-स्तब्ध परिवारजनमा संवेदना प्रकट गर्नुका साथै पशुपतिनाथले धैर्य-धारण गर्न आत्मबल प्रदान गरोस भन्ने कामना एवं प्रर्थना पनि ! राष्ट्र-कविलाई बैकुण्ठ बाँस होस् , यो मृत-भुवनमा प्राप्त सम्मान वहाँलाई बैकुण्ठ धाममा पनि प्राप्त होस् ! उनले भने ।
साहित्य क्षेत्रमा गर्नु भएको लगानी, योगदान र मार्गदर्शनले युगौं-युग सम्म वहाँको कृति बखान गर्नुका साथसाथै देश र समाजलाई सुर्यको किरण झैं मार्गदर्शन गरिरहने छ ।
डा. मनोज मुक्तिले भने- “डाँडाकाँडा चहुर हरिया देखिए पालुवाले बोकी ल्यायो बकुल वनको वास मीठो हावाले । डाकी मौरी मधुर रसमा लेक पाक्यो गुह्ँली गोठालाले वनवन डुली हाल्न थल्यो सुसेली।”