About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
नयाँ प्रहरी ऐनको तयारी

खोज केन्द्र शनिबार, पौष १२, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

गृह मन्त्रालयले नयाँ प्रहरी ऐन मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ । नयाँ ऐनको मस्यौदामा ३० वर्षे सेवाहद कायमै राखिएको छ । नयाँ ऐन आएसँगै प्रहरी संघीय संरचनामा जाने भएकाले यही वेला सेवाहदको प्रावधान हटाउनुपर्ने पक्षमा प्रहरी अधिकारी छन् । केही प्रहरी अधिकारी भने थप अध्ययन नगरी ३० वर्षे सेवाहद हटाउँदा आफ्नो करिअरमा असर गर्ने भन्दै विपक्षमा उभिएका छन् ।

३० वर्षे सेवाहदले अवकाश हुने नियम प्रहरी संगठनमाथिको अन्याय भएको पूर्वआइजिपी खरेलको भनाइ छ । ‘कुनै व्यक्तिलाई असर पर्छ/पर्दैन भनेर हेर्ने होइन, संगठनलाई हेरेर यो प्रावधान संशोधन गर्नुपर्छ,’ उनी भन्छन् । प्रहरी अधिकारी भने यसमा विभाजित छन् । वृत्ति विकास योजना लागू गराएर मात्र सेवाहद हटाउनुपर्ने कतिपय प्रहरीको भनाइ छ । पटकपटक प्रयास भए पनि अवकाशमा सेवाहदको प्रावधान हट्न सकेको छैन ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]