जनकपुरधाम : धनुषामा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ३ बस्ने ६५ वर्षीय पुरुष रहेका छन् ।
उनको प्रादेशिक अस्पताल जनकपुरको कोभिड १९ विशेषको आइसोलेसन कक्षमा उपचारको क्रममा मृत्यु भएको हो ।
आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा कोरोनाको कारण १ सय ४ जनाको मृत्यु भइसकेको छ ।
त्यसपश्चात देशका विभिन्न ठाँउमा कोरोनाको कारण मृत्यु भएका छन् । यद्यपी त्यसलाई भने मन्त्रालयले आधिकारीक रुपमा जानकारी दिन बाँकी छ ।