About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
प्रदेश २ मा कोरोना संक्रमितको संख्या ७ हजार नजिक

खोज केन्द्र सोमबार, भाद्र ०१, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम : प्रदेश २ मा कोरोना संक्रमितको संख्या ७ हजार नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ४४ जना संक्रमित फेला परेसँगै संक्रमितको संख्या ७ हजार नजिक पुगेको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पर्साका ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषाका ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने रौतहटमा २१ जना संक्रमित देखिएका छन् ।

यस्तै, सर्लाहीका १२ जना, महोत्तरीमा ७ जना, बाराका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ९ सय ६५ पुगेको छ । आईतबारसम्म ३ हजार ६ सय ८७ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा ७५ जना डिस्जार्च भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पर्साका ४८, धनुषाका १७ र सप्तरीका १० जना कोरोना संक्रमित निको भएका छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा २ जनाको मृत्यु भएको छ । जनकपुरधाम उप महानगरपालिका १६ का ४३ बर्षीय पुरुष र बीरगंज महानगरपालिका १६ का ४७ बर्षीय पुरुषको कोरोना संक्रमण पुष्टि भएर मृत्यु भएको छ ।

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]