About Contact
१२ आश्विन २०७७, सोमबार
Close
बिज्ञापन
प्रदेश २ सरकारको काम ठप्प : मुख्यमन्त्री, मन्त्री र प्रमुख सचिव काठमाडौंमा, कर्मचारी कार्यालय आउनै छाडे

खोज केन्द्र सोमबार, भाद्र ०१, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

पछिल्लो समय प्रदेश २ सरकारको काम ठप्प भएको छ ।  मुख्यमन्त्री, मन्त्री, प्रमुख सचिवदेखि कर्मचारीहरू कार्यालय जान छाडेपछि काम ठप्प भएको हो । 

पार्टी (जनता समाजवादी पार्टी) बैठकमा सहभागी हुन २१ साउनमा काठमाडौं गएका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत, मन्त्रीहरू जितेन्द्र सोनल, नवलकिशोर साह, विजय यादव र रामनरेश राय यादव प्रदेश फर्केका छैनन् । प्रदेशमा रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव कोरोना संक्रमित भएपछि क्वार्टरमै आइसोलेसनमा छन् भने भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्र प्रसाद अधिकांश समय गृहजिल्ला सप्तरीमै बस्ने गरेका छन् । 

प्रदेशका प्रमुख सचिव अर्जुनप्रसाद पोखरेल पनि एक सातादेखि काठमाडाैंमै छन् । प्रदेशमै भएका कर्मचारी पनि कार्यालय आउन छाडेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयदेखि अन्य मन्त्रालयहरूका विभिन्न शाखामा ताल्चा झुन्डिएका छन् । 

स्रोतका अनुसार मुख्यन्त्री राउतको काठमाडौं बसाइ श्रीमती जलेखा खातुनको उपचारका कारण लम्बिएको छ । खातुनको काठमाडौंको एक अस्पतालमा उपचार भइरहेको छ । 

कानुनमन्त्री यादवले केही कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि प्रदेश सरकारको कामकाज प्रभावित भएको बताए । ‘मुख्यमन्त्री र अधिकांश मन्त्री काठमाडौंमै रहनुभएको छ,’ यादवले भने, ‘कर्मचारीहरू पनि कार्यालय आउन छाडेपछि मन्त्रालयहरू बन्द जस्तै छन् ।’ 

सरकार निकम्मा र गैरजिम्मेवार : कांग्रेस 

कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले सरकार निकम्मा र गैरजिम्मेवार रहेको आरोप लगाए । ‘प्रदेश कोरोना भाइरसको हटस्पट बन्दै गएको छ । अस्पतालमा भेन्टिलेटर र क्वारेन्टाइनमा जीवनजलको अभावमा सर्वसधारण मृत्युवरण गर्न बाध्य छन्,’ उनले भने,  ‘मुख्यमन्त्री, मन्त्रीहरू भने काठमाडौंमा मोज गर्न व्यस्त छन् ।’ 

जनताको जिउधनको रक्षा गर्नु सरकारको दायित्व भए पनि प्रदेश सरकार विमुख भएको उनको आरोप छ । संकटको वेला जनताले सरकारको साथ र सहयोग चाहेको उनको भनाइ छ ।

सम्बन्धित

ताजा अपडेट
धर्मेन्द्र यादव (गोपालको )१६ औं स्मृति दिवस सम्पन्न
प्याज माफिया: ३५ रुपैयाँमा खरिद गरी १ सयमा बिक्री गर्छन ब्यापारी
प्रदेस २: श्रीराम सुगर मिल्ससँग भुक्तानी माग गर्दै रौतहटका उखु किसान आन्दोलनमा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]