About Contact
०४ आश्विन २०७८, सोमबार
Close
बिज्ञापन
पर्यटकीय पूर्वाधार विकासको जिम्मेवारी प्रदेश सरकारको : मुख्यमन्त्री राउत

खोज केन्द्र शुक्रबार, पौष ११, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम । प्रदेश २ क मुख्यमन्त्री लालबाबु राउतले प्रदेश भित्र पर्यटकीय पूर्वाधार विकासको जिम्मेवारी प्रदेश सरकारको रहेको बताएका छन् ।

नेपाल भ्रमण वर्ष २०२० प्रदेश नं. २ को जिल्ला स्तरीय समन्वय समिति भेलाको समुद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेश भित्र रहेको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा प्राकृतिक सम्पदाहरुको पूर्वाधार विकासमा प्रदेश सरकार गम्भीर रहेको बताए ।

उनले विकास निर्माणको जिम्मा प्रदेश सरकारले लिने भए पनि प्रचार प्रसार लगायतको क्षेत्रमा सक्रिय भूमिका समन्वय समितिका पदाधिकारीहरुलाई लिन आग्रह गरे ।

उनले भने,‘ प्रदेशमा जानकी मन्दिरसहित हिन्दु, इस्लाम, बौद्ध, ज्रैन र शिख धर्मावलम्बीहरुका पनि थुप्रै धार्मिक स्थलहरु छन्, त्यसको प्रचार प्रसार हामीले गर्नु पर्दछ । त्यती मात्र गर्न सकिए पर्यटनको क्षेत्रमा हामी ठूलो फडको मार्छौ ।’

विगतमा सरकारको उदासिनताका कारण यस प्रदेशका पर्यटकीय क्षेत्रहरुको विकास हुन नसकेको गुनासो गर्नु हुँदै मुख्यमन्त्री राउतले भन्नु भयो, ‘ जानकी मन्दिर बाटै प्रदेश सरकारले पर्यटकीय पूर्वाधार विकासको काम शुरु गरि सकेको छ । यसै वर्ष सप्तरीको सखडा मन्दिर, सिरहाको सलहेस फुलवारी, महोत्तरीको रौजा मजार, पर्साको भिष्वा डाडासहितको स्थानमा गुरुयोजना सहित काम शुरु हुन्छ ।’

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री एवं पर्यटन वर्ष २०२०का प्रदेश अध्यक्ष राम नरेश रायको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य राम अशिष यादव, परमेश्वर साह, नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, जनकपुरका पूर्व मेयर बजरंग साह, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, नेपाल भ्रमण वर्ष २०२०का प्रदेश संयोजक मनिष झा सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रममा आठै जिल्लाका समन्वय समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]