About Contact
१४ मंसिर २०७७, आइतबार
Close
बिज्ञापन
प्रयासका बाबाजुद सदालाई बचाउन सकिएन- नवजिवन हस्पिटल

केहि युवाहरुले अस्पतालमा आई तोडफोड

खोज केन्द्र आइतबार, साउन ३२, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

२८, साउनमा नव जीवन अस्पताल प्रा.ली. मा उपचारको लागि भर्ना भएकी रुक्मणी सदा लाई चिकित्सक हरुको प्रयासका बाबाजुद बचाउन नसकिएको बताएको छ । 

 हस्पिटलले एक बिज्ञप्ति निकाल्दै मृतक सदा प्रति हार्दिक समवेदना प्रकट गर्दै चिकित्सकको अन्तिम समय सम्मको प्रयास बिफल भएको उल्लेख छ । 

घटनाक्रमको विश्लेषण गर्दा बिरामी २५ साउन,  तिन, चार दिन देखि पेट फुल्ने, दिशा नहुने तथा बान्ता हुने जस्ता समस्या लिएर यस अस्पतालको इमरजेन्सी वार्डमा भर्ना भएकी थिइन । उनलाई सर्जरी बिभागका बरिष्ठ सर्जन तथा जानकी मेडिकल कलेजका पुर्व मे. सु. डा. सञ्जय चौधरीको निगरानीमा उपचार गरीएको थियो । विभिन्न जाँचहरुको क्रममा बिरामीको आन्द्रा बटारिएको कारणले यस्ता समस्या देखा परेको थियो ।

हामीले उपचारको क्रममा ७२ घण्टा सम्म पनि केही सुधार नभए पछि बिरामी पक्षका अभिभावकहरुलाई बिरामीको अवस्था बताएर सल्यक्रिया गर्नुपर्ने जानकारी गराएका थियौं । यस बिरामीको वर्तमान अवस्था तथा सल्यक्रिया पछिको हुनसक्ने बिरामीको अवस्थाको बारेमा पनि जानकारी गराएका थियौं । सल्यक्रियाको क्रममा बिरामीको ठुलो आन्द्रा पित्तथैली मुनी टाँसिएको र खुम्चिएको तथा सानो आन्द्रा बिभीन्न ठाउँहरुमा टाँसिएको कुरा बिरामी पक्षका अभिभावकहरुलाई जानकारी गराई करीब ४ घण्टाको सल्यक्रिया पश्चात बिरामीलाई पोस्ट अप वार्डमा सारियो र करिब २० घण्टा पछि उपचारको क्रममा बिरामीको मृत्यु भएको सबैमा जानकारी गराउन चाहान्छौ, उल्लेख छ । 

नवजिवन हस्पीटल प्रा.लि. जनकपुरका प्रशासन शाखा प्रमुख अखिलेश कुमार साह द्वारा जारी बिज्ञप्ति अनुसार – विरामीलाई उपचारको लागि अन्यत्र लग्न चाहनु हुन्छ भने जानकारी समेत गराएका थियौं र विरामीको आफन्तकै आग्रहमा आवश्यक कागजी पक्रिया पुरा गरी शल्यक्रिया गर्यौं ।

त्यस पश्चातको स्थिति समेत परिवारजनलाई अस्पतालले निरन्तर जानकारी गराई रह्यो । पहिले देखि नै सिकिस्त रहेको विरामीको उपचारको क्रममा विरामीको बल्ड प्रेसर घटिरहेको (क्जयअप) कुरा परिवारजनलाई जानकारी गरायौं । र,  उपचारको क्रममा विरामीको मृत्यु भए पश्चात केहि युवाहरुले अस्पतालमा आई तोडफोड समेत गरेको तथा उनीहरुले विभिन्न किसिमको धाकधम्की दिदै आएको अवगत गराउन चाहन्छौं, उल्लेख छ । 

उक्त घटनाक्रम बारे वास्तविक जानकारी नबुझी केही मिडियामा आएको समाचार प्रति यस अस्पताल परिवार खेद समेत प्रकट गरेको छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]