About Contact
१४ मंसिर २०७७, आइतबार
Close
बिज्ञापन
वीरगञ्जमा सेना परिचालन

खोज केन्द्र आइतबार, साउन ३२, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

वीरगञ्ज ३२ श्रावन । वीरगञ्जमा विगत २२ दिनदेखि चलिरहेको निषेधाज्ञालाई थप कडा बनाउँन सेना परिचालन गरिएको छ । श्रावन १० गतेदेखि लागु गरिएको निषेधाज्ञा प्रभावकारी नभएपछि स्थानीय प्रशासनले आइतबारदेखि सेना परिचान गर्ने निर्णय गएको हो ।

कोरोनाभाइरस सङ्क्रमण समुदायस्तरमा फैलिसकेको वीरगञ्जमा दिनानुदिन सङ्क्रमितहरुको संख्यामा वृद्ध हुने क्रम रोकिएको छैन भने श्रावनयता मात्रै कोरोनाका कारण यहाँ २० जनाभन्दा बढीले ज्यान गुमाई सकेका छन् ।

सङ्क्रमणबाट वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीसहित जिल्लाका सांसद्, वरिष्ठ नेता, सरोकारवाला निकायका कर्मचारी, स्वास्थ्यकर्मी, चिकित्सक, प्रहरी, सैनिकसमेत सङ्क्रमित भइसकेका छन । 

समुदायस्तरमा फालिएको कोरोनाको चेनलाई ब्रेक गर्न पर्सा संकट व्यवस्थापन केन्द्र असफल भएपछि अग्रपन्तिमा खटिनेहरुको सहयोगका लागि सेना परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

केन्द्रले लगाएको निषेधाज्ञालाई स्थानीयले उलंघन गरेर हिडडुल गर्दै समुह बनाएर जम्म हुने, मुख्य सडक बाहेक नगरका गल्लि र ग्रामिण भेगमा निषेधाज्ञाको असर नदेखिएको र हेलचेक्र्याइँ गर्दै अवैध बाटो प्रयोग गरेर कयौं व्यक्ति भारतबाट नेपाल प्रवेश गरेको समेत गुनासो आएपछि सेनाको सहारा लिइएको जिल्ला प्रशासन कार्यालय पर्साको स्रोतले जनाएको छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]