About Contact
०४ आश्विन २०७८, सोमबार
Close
बिज्ञापन
समाजिक मन्त्रालयको गैर जिम्मेवारी: जलेश्वर अस्पतालमा भेन्टिलेटर जडान, तर दक्ष जनशक्तिको अभाव

खोज केन्द्र आइतबार, साउन ३२, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जलेश्वर अस्पतालले भेन्टिलेटरसहितको पाँच बेडको आइसियू सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पाँच बेडको भेन्टिलेटर जडान भएपनी दक्ष जनशक्तिको अभावले समाजिक मन्त्री नवल किशोर साहको गैर जिम्मेवारी उदांगिएको हो । भेन्टिलेटर राखिए पनि दक्ष जनशक्ति अभावले पूर्ण सेवा प्रवाह हुनेमा अस्पतालले नै आशंका जनाएको छ । 

कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई जुनसुकै वेला भेन्टिलेटर आवश्यक पर्न सक्ने भएकोले जलेश्वर अस्पतालले भेन्टिलेटरसहितको आइसियू सञ्चालनमा आएको हो । अस्पतालको आइसोलेसनमा हाल ४२ जना पुरुष उपचाररत छन् । यसमध्ये चार–पाँचजनामा कोरोनाको लक्षण देखिएको छ ।

अस्पतालको भेन्टिलेटरसहितको आइसियूमा एकजना मात्रै चिकित्सक छन् । यसकारण आइसियू पूर्ण रूपमा सञ्चालन गर्न नसकिने जलेश्वर अस्पतालका अध्यक्ष सुरेश पाण्डेयले बताए । उनले प्रदेश सरकारसँग एमडी एनेस्थेसिया, एमडी इन्टरनल मेडिसिन, तालिमप्राप्त नर्सिङ स्टाफलगायत माग गरे पनि उपलब्ध नगराएको बताए । 

महोत्तरीमा शनिबार मात्र १० जना कोरोनाको संक्रमित थपिएका छन् । महोत्तरीमा हालसम्म एक हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने दुईजनाको मृत्युसमेत भइसकेको छ । , मन्त्री साह जिम्मेवारीबाट पंक्षिदै काठमाडौं केन्द्रीत बनेका छन । मन्त्रीका छोरा सुमित साह सुडीले कमिशनको लागि मन्त्रलायको सम्पूर्ण काममा दखल दिदै आएका छन । 

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]