About Contact
१० आश्विन २०७७, शनिबार
Close
बिज्ञापन
धनुषाका भवनविहीन स्थानीय सरकार

खोज केन्द्र शुक्रबार, पौष ११, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम । स्थानीय तहमा जनप्रतिनिधि आएको तीन वर्ष हुन लाग्दा पनि धनुषाका कतिपय स्थानीय तहले आप्mनो भवन बनाउन सकेका छैनन् । एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिका गरी १८ ओटा स्थानीय तह रहेको धनुषामा आधा दर्जनभन्दा बढी स्थानीय तहको निजी भवन छैन । १६९ ओटा वडा रहेको जिल्लामा अधिकांश वडा कार्यालय र गाउँ÷नगरपालिकाका कार्यालयहरू स्वास्थ्य चौकी र विद्यालयका साथै भाँडामा लिएका घरमा सञ्चालन हुँदैआएको छ । 

भाडामा वर्षेनि लाखौं रकम खर्च हुँदै आए पनि स्थानीय तहका प्रमुखहरूले आफ्नै भवन बनाउनेतर्फ कुनै अग्रसरता देखाएका छैनन् । स्थानीय सरकारहरूले बनाएको तेस्रो बजेटमा पनि भवन बनाउने योजना समावेश छैनन् । जनप्रतिनिधिहरू भवन बनाउनुको साटो मोबाइल, ल्यापटप र गाडीजस्ता सुविधाको मोहमा लिप्त भएको देखिएको छ ।

कतिपय स्थानीय तहले जग्गा उपलब्ध नभएका कारण आफ्नो भवन बनाउन सकेका छैनन् भने कतिपय स्थानीय तहले स्थानीय गाउँलेबीचका विवादका कारण भवन बनाउन सकेका छैनन् । केही स्थानीय तहको भवन निर्माणाधीन अवस्थामा भने कतिपयले बजेट अभावजस्ता समस्या देखाएका छन् ।

सबैला नगरपालिकाले शुरूदेखि नै भाडामा घर लिएर कार्यालय सञ्चालन गर्दै आएको छ । उक्त नगरपालिकाका मेयर विजयशंकर साहले नपाको भवन सबैला बजारभन्दा बाहिर बनाउने भन्दा स्थानीयहरूले विवाद गरेको बताए ।

‘स्थानीय जनताले भनेअनुसार सबैला बजारमा जग्गा पाएको छैन,’ उनले भने, ‘तर, प्रयासरत छु । छिट्टै नगरपालिकाको आप्mनै भवन बन्छ ।’ आप्mनै भवन नहुँदा काम गर्न समस्या भएको र भाडाको घर साँघुरो भएको उनले बताए ।

क्षिरेश्वरनाथ नगरपालिकाले दुई ठाउँमा घर भाडामा लिएर सञ्चालन गर्दैआएको छ  प्रमुख प्रशासकीय अधिकृत उमेशलाल साहका अनुसार नगरपालिकाको आफ्नै कार्यालय निर्माणाधीन अवस्थामा छ ।

अब यो समस्या छिट्टै समाधान हुन्छ । नगराइन नगरपालिकाले पनि घर भाँडामा लिएर कार्यालय सञ्चालन गरिरहेको छ । आफ्नै भवन बनाउनेतर्फ जनप्रतिनिधिहरूले चासो दिएका छैनन् ।

उपमेयर रंजु साहले सबै जनप्रतिनिधिले आफ्नै भवन बनाउनेतर्फ अग्रसरता नदेखाएको कारण बनाउन ढिलो भएको प्रतिक्रिया दिइन् । उक्त नगरपालिकाका ९ ओटै वडा कार्यालय पनि भाडाकै घरमा  सञ्चालन भइरहेका छन् ।

कमला नगरपालिकाले तत्कालीन कमला गाविसको कार्यालयमा कार्यालय सञ्चालन गरेको छ । साँघुरो भए पनि भाँडाको घरभन्दा राम्रो भएको मेयर रामउद्गार गोइतले बताए ।

‘जनतालाई चाहिने विकासलाई प्राथमिकता दिएको छु,’ उनले भने, ‘चालू आर्थिक वर्षमा नगर र वडा कार्यालयहरू बनाउनेतर्पm सोच बनाएका छौं ।’ गणेशमान चारनाथ नगरपालिकाको कार्यालय पनि घर भाँडामा लिएर सञ्चालन हुँदै आएको छ ।

नगरपालिकाको भवन निर्माणाधीन रहेको भन्दै जनचाहनाअनुसार काम गर्दै जाँदा नगरपालिकाको कार्यालय बनाउन ढिलो भएको मेयर रामबाबु यादवले बताए ।

‘बजेट अभावको कारण नगरपालिकाको कार्यालय नबनाएर जनताको आधारभूत आवश्यकतालाई पूरा गरेको छु,’ उनले भने, ‘जनतालाई विकासको अनुभूति भएको छ । अव नगरपालिकाको कार्यालय बनाउन लागेको छु ।’

बटेश्वर गाउँपालिकाको आफ्नै भवन भए पनि कतिपय वडा कार्यालय भवनविहीन छन् । वडा नं. ३ को वडा कार्यालय स्थानीय देवकी नमूना प्राथमिक विद्यालयको हाताभित्र रहेको छ ।

लक्ष्मीनियाँ गाउँपालिकाले तत्कालीन पशु कार्यालयमा कार्यालय सञ्चालन गरे पनि वडा कार्यालयहरूका लागि भाँडाको घर र सार्वजनिक भवन प्रयोग गर्दै आएको छ ।

उक्त गाउँपालिका वडा नं. २ को वडा कार्यालय जनजाति राष्ट्रिय प्राथमिक विद्यालयको परिसरमा छ ।

जिल्लाका अधिकांश स्थानीय तहको आप्mनो भवन नहुँदा विद्यालय, स्वास्थ्य चौकी, सार्वजनिक भवन प्रयोग गर्दै आएका छन् ।

सम्बन्धित

ताजा अपडेट
नेशनल ईन्जिनियर्स एसोसिएसन धनुषा अध्यक्षमा यादव
अख्तियारद्वारा १७ हजार कर्मचारीलाई कारवाही गर्न निर्देशन
प्रदेश २: सार्वजनिक यातायातमा छैन सुरक्षा सतर्कता

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]