भारतको ‘७४’ औं स्वतन्त्रता दिवसको अवसरमा आज भारततिय महावाणिज्य दूतावास वीरगञ्जले आफ्नो ७४ औं स्वतन्त्रता दिवस मनाएको छ ।
आफ्नो स्वतन्त्रता दिवसको अवसरमा भारतको महावाणिज्य दूतावास वीरगञ्जद्वारा स्वतन्त्रता दिवस समारोह आयाेजन गरिएको छ । भारतको महावाणिज्य दूतावास वीरगञ्जमा आयोजित कार्यक्रमको शुरूवात उप–महावाणिज्यदूत रमेश प्र. चर्तुवेदीले स्वागत मन्तब्य राखेका थिए । स्वागत मन्तब्य पश्चात महावाणिज्यदूत नितेश कुमारले ध्वजारोहण गरेका थिए भने महावाणिज्यदूत नितेश कुमारले भारतका राष्ट्रपतिले राष्ट्रको नाममा दिनु भएको संदेशवाचन गरेका थिए ।
बिश्वभरि फैलिएको महामारी कोभिड –१९ काे कारण आजको कार्यक्रम महावाणिज्य दूतावासको कर्मचारी र महावाणिज्य परिवार बीच मात्र सीमित गरिएको थियो ।
दूतावास भित्र आयोजित कार्यक्रममा महावाणिज्य दूतावासको सबै अधिकारी र कर्मचारी मात्र समाराेहमा उपस्थित रहेका थिए । कार्यक्रमको प्रत्यक्ष प्रसारण दूतावासको फेसबुक पेज मार्फत समेत गरिएको थियो ।
यसै गरी नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको स्वतन्त्रता दिवसको उपलक्ष्यमा शुभकामना दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मेन्सन गर्दै शुभकामना दिएका हुन् ।
शुभकामनामा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘७४ औं स्वतन्त्रता दिवसको सुखद अवसरमा प्रधामन्त्री श्री नरेन्द्र मोदीजी, भारतीय सरकार र भारतीय जनतामा बधाई तथा शुभकामना। यस अवसरमा भारतीय जनतामा उत्तरोत्तर प्रगति र समृद्धिको कामना छ।’