About Contact
१० मंसिर २०७७, बुधबार
Close
बिज्ञापन
अत्याधिक घुस चेक सहित अख्तियारले पक्राउ गरेका गुप्ता घटनाको सत्यता अर्कै – परिवारजन

उक्त्त दिन के भयो, उक्त चेक ठेक्केदर कम्पनीको

खोज केन्द्र शुक्रबार, साउन ३०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको नेपाल बिद्युत प्राधिकरण, ढल्केबर ग्रीड शाखा, धनुषाका कार्यालय प्रमुख उप-प्रबन्धक (नवौं तह) रितेश गुप्ता को घतनाको बासतबिक्ता अर्कै रहेको परिवारजनले बताएका छन । १ करोड २४ लाख ९१ हजार १ सय ४५।२० बराबरको कार्यालयका चेकहरुसहित सिन्धुलीबाट नियन्त्रणमा लिइएका गुप्ताको घटनाको सत्यता दबाईएको उनका श्रीमतीले बताईन ।

नेपाल बिद्युत प्राधिकरण, ढल्केबर ग्रीड शाखा, धनुषाका कार्यालय प्रमुख उप-प्रबन्धक (नवौं तह) रितेश गुप्ताले भुक्तानीका लागि आवश्यक पर्ने कागजातहरु स्वीकृत नहुँदै कार्यालय अन्तर्गत सञ्चालित बिभिन्न योजनाहरुको भुक्तानी (पार्टी पेमेन्ट) दिन भनी पहिले नै चेक काटी उक्त चेकहरु लिएर काठमाण्डौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज गुप्तालाई काठमाडौं जाने क्रममा जिल्ला सिन्धुली, कमलामाई नगरपालिका वडा नं.९ बाट उक्त कार्यालयका चेकहरु तथा सो सँग सम्बन्धित कागजातहरु सहित नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । तर उक्त चेक कार्यालयमा ठेक्का गरिएको कम्पनीको योजना भुक्तानीको रहेको छ ।

उक्त्त दिन के भयो
कोरोना भाईरस महमारीले अक्रान्त जनजिवन बीच गुप्ता ठेक्केदरको भुक्तानीको लागि आवश्यक कागजात सहित ढल्केवरबाट केन्द्रीय कार्यालय काठमाण्डौं हिंडे । ढल्केवर – बर्दिबास हिंदै सिन्धुली पुग्दा अख्तियारको एक टोलीले गाडी रोक्न लागयो । गाडि रोकिए लगत्तै टोलीले गाडिको बिभिन्न भाग चेक जाँच गरे । र अख्तियारले पाएको सूचना बमोजिम गुप्ताबाट १० लाख नगद खोज्न थाले । तर गुप्ता संग उक्त रकम नभेटेपछि कार्यालय प्रयोजनको लागि केन्द्रीय कार्यालय लग्दै गरेको भुक्तानी कागजात सहित चेक नियन्त्रणमा लिए । जबकी उक्त चेक पार्टी पेमेन्ट चेक हो, गुप्ताका श्रीमतीले भने ।

त्यहाँ नगद रकम भनिएको १० लाख खोज्न भन्दै उक्त टोलीले ढल्केवर ईलाका प्रहरी चौकीमा गरेर क्वाटर सर्च गर्न लगाए । क्वाटरमा पनि नगद रकम नपाएपछी कार्यालयको लेखा शाखा सहित दिन भर खानतलासी जारी राख्यो । अन्त्यमा गुप्तालाई समेत ढल्केवर क्वाटरमा ल्याई खोजबिन गरे । तर केही न भेटेपछी पार्टी पेमेन्ट चेकलाई घुस भन्दै अख्तियारले नियन्त्रणमा लियो ।- उनको परिवारजन भन्छन – अनावश्यक दु:ख दिने काम अएको छ ।

उक्त चेक ठेक्केदर कम्पनीको

एक करोड चौबीस लाख एकानब्बे हजार एक सय पैंतालीस रुपैयाँ बीस पैसा बराबरको हस्ताक्षर भैसकेका कार्यालयका चेकहरु तथा स्वीकृत भैनसकेका सोही चेकहरुसँग सम्बन्धित कागजातहरुसमेत लिएर जाँदै गरिएको भनिएको चेक ठेक्केदर कम्पनीको रहेको उनले बयान दिएका छन ।
प्रधाधीकरण मा ४ करोडमा कामको ठेक्का पाएका हाईटेन्शन स्वीचगियर कम्पनीको नाम मा ९४ लाख को चेक रहेको छ । असर मशान्त भित्रका भएका बिभिन्न १० कम्पनी को नाम मा काम वापतको चेक रहेको छ । ढल्केवर ग्रीड कार्यालयको केन्द्रीय कार्यालय काठमाडौंको नयाँ वानेश्वरमा रहेको हुँदा र सिभिल ईन्जिनियर समेत काठमाडौंकै रहेकाले चेक हस्तान्तरणका लागि आवश्यक कागजात सहित काठमाडौं जांदै गर्दा अख्तियार ले नियन्त्रण मा लिएको थियो । जबकी कार्यालय प्रयोजनमा जांदै गर्दा अख्तियरले नियन्त्रण मा लिन नहुने उनको श्रीमतीको टिप्पणी छ । अख्तियारमा १० लाख नगद घुस लिएको उजुरी परेको थियो । यद्द्पी उक्त रकम फेला परेन्न ।

( नेपाल बिद्युत प्राधिकरण, ढल्केबर ग्रीड शाखा, धनुषाका कार्यालय प्रमुख उप-प्रबन्धक (नवौं तह) रितेश गुप्ता को श्रीमतीको कुराकानीमा आधारीत छ । )

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]