About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
१५ अगस्टमा ओली र मोदीले सरप्राइज दिने

खोज केन्द्र शुक्रबार, साउन ३०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं । सीमा विवादले यतिबेला छिमेकी मुलुक भारतसँगको हाम्रो सम्बन्ध चिसिएको छ । नेपाली भूमि समेटेर भारतले जारी गरेको नक्साको जवाफ नेपालले पनि नक्साबाटै दिएपछि दुवै देश संवादहीनताको अहिलेसम्मकै जटिल अवस्थाबाट गुज्रिरहेका छन् ।

 छिमेकी मित्रराष्ट्रसँगको यस्तो सम्बन्धलाई लिएर कूटनीतिज्ञहरू चिन्तित बनिरहेका छन् । समस्यालाई ज्यूकात्यूँ राखेर भन्दा संवादमार्फत हल गर्न उनीहरूले सुझाइ रहेका छन् । नेपाल–भारतबीचको सम्बन्धलाई लिएर चिन्ता व्यक्त भइरहेका बेला दुई देशबीचको सम्बन्ध सुधारका लागि संवाद हुन थालेको खबर छ ।

 स्रोतका अनुसार, यही अगस्ट १५ मा पर्ने भारतीय स्वतन्त्रता दिवसका अवसरमा सबैलाई सरप्राइज दिनेगरी संवाद अघि बढिरहेको छ ।  अहिले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित दुवै देशका कूटनीतिज्ञ संवादहीनताको अवस्था अन्त्य गर्नेबारे छलफलमा जुटेका छन्,’ स्रोतले भन्यो, ‘भारतीय स्वतन्त्रता दिवस १५ अगस्टमै केही नयाँ घोषणा हुने सम्भावना छ ।’ 

स्रोतका अनुसार, १५ अगस्टमा दुवै देशका प्रधानमन्त्रीले शुभकामना सन्देश जारी गरेर वार्ताको आह्वान गर्ने तयारी भइरहेको छ ।  ‘१५ अगस्टमा भारतको स्वतन्त्रता दिवस पर्ने र यो दिनको अवसरमा दुवै देशका प्रधानमन्त्रीले वार्ताको घोषणा गरेर चिसिएको सम्बन्ध सुधारको मार्ग प्रशस्त गर्ने सम्भावना छ,’ स्रोतले भन्यो ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]