About Contact
०७ बैशाख २०७८, मंगलबार
Close
बिज्ञापन
विराटनगरमा भदौ ५ सम्म लकडाउन

खोज केन्द्र बिहिबार, साउन २९, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

विराटनगर : कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि विराटनगर महानगरपालिकामा लकडाउनको समय थप गरेको छ ।

यसअघि शुक्रबार भोलिसम्मका लागि तोकिएको लकडाउन अब भदौ ५ गतेसम्मका लागि थपिएको मेयर भीम पराजुलीले जानकारी दिए ।

कोरोना भाइरसको सम्भावित जोखिम रोकथाम तथा नियन्त्रणका लागि नगर र जिल्ला स्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समितिले लकडाउन थप गर्ने निर्णय गरेको मेयर पराजुलीले बताए ।

कोरोना संक्रमित बढेपछि महानगरमा साउन १६ गतेबाट लकडाउन लागू गरिएको हो । लकडाउन अघि विराटनगर महानगरपालिकामा १०८ कोरोना संक्रमित थिए ।

लकडाउन यता थप ३०६ गरी विराटनगरमा संक्रमितको संख्या ४१५ पुगेको छ ।

संक्रतिम मध्ये ४९ जना होम आइसोलेशनमा छन् । ५० जना विराटनगर महानगरपालिकाले निर्माण गरेको होल्डिङ आइसोलेसनमा छन् ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]