About Contact
१६ कार्तिक २०७७, आइतबार
Close
बिज्ञापन
पर्सागढी नगरपालिकाका मेयरलाई कोरोना संक्रमण

भूषण यादव बिहिबार, साउन २९, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

वीरगन्ज : पर्साको पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादव कोरोना संक्रमित भएका छन् । काठमाडौंमा सोमबार गरिएको परीक्षणमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको मेयर यादवले बताएका छन् ।

यसअघि नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट कोरोना नेगेटिभ आएको थियो ।

थप उपचारका लागि मेयर यादव सोमबार हेलिकप्टरमार्फत काठमाडौं गएका थिए । स्वास्थ्य बिग्रिएपछि गत शुक्रबार उनी वीरगन्जको तराई अस्पतालमा भर्ना भएका थिए । चिकित्सकका अनुसार मेयर यादवमा स्वासप्रश्‍वासको समस्या र खकारमा रगत देखिएको थियो ।

दुबै फोक्सोमा निमोनियाको संक्रमण र अक्सिजनको पनि कमी थियो ।

हाल उनी धुम्बाराहीको ह्याम्स अस्पतालमा उपचाररत छन् । बिहीबार पर्सागढीका मेयर यादवले आफ्नो फेसबुक पेजमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै मेयर यादवले लेखेका छन्–‘अहिलेको स्वास्थ्य अवस्था दैनिक सुदृढ छ । क्रमिक स्वास्थ्य अवस्थामा आएको सुधारले सकारात्मक आत्मबल बढेको छ ।’

कोरोना संक्रमणको घडीमा आफूलाई संयमित राख्न र सरकारले तोकेको मापदण्ड पालना गर्न सम्पूर्ण नगरवासीमा उनले अपिलसमेत गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: कस्को योजनामा भयो पर्सा हत्याकाण्ड !
प्रधानमन्त्री ओली र प्रचण्ड: दश दिन भो नबोलेको !
मुस्लिम समुदायले पैगम्बरको आचरण अनुसरण गरुन : राज्यमन्त्री कुशवाहा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]