हरेकमा मन्त्रीको छोरा संलग्न
प्रदेशको २ सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि आफू मातहतका ५ मन्त्रालयलाई २ अर्ब रुपैया निकासा गरिएको हो । समुदायस्तरमा फैलिसकेको कोरोना भाइरस दिनानुदिन संक्रमितको संख्या थपिदै गएको प्रदेशमा विभिन्न ३ वटा अभियानमा उक्त रकम निकासी गरिएको हो प्रवर्धनात्मक, निरोधात्मक र उपचारात्मक अभियानमा खर्चिन आर्थिक मामिला तथा योजना मन्त्रालयबाट रकम झिकिएको हो ।
समाजिक विकास मन्त्री नवलकिशोर साहले सम्पूर्ण काम आफ्ना छोरामार्फत गराउने गरेको गुनासो पनि सांसदहरुले गर्दै आएका छन् । त्यसको जवाफमा पार्टीका शिर्ष नेताहरुले यी सबै कुरा आफूहरुलाई जानकारी रहेको र यसको बारेमा आफूहरु गम्भीर रहेको प्रतिकृया दिएका थिए ।
वैशाख १५ गतेसम्म मात्रै आर्थिक मामिला तथा योजना मन्त्रालयबाट २ अर्ब रुपैयाँ लगिसकेका छन् । सबभन्दा बढी समाजिक विकास मन्त्रालयले विभिन्न ११ शीर्षकमा १ अर्ब १ करोड १२ लाख २७ हजार २ सय ५० रुपैयाँ निकासा गरिएको पाएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता अर्जुन न्यौपानेका अनुसार मन्त्रालयहरूले रकम निकासा गरेपनि अहिलेसम्म रकमको खर्च विवरण नआएको बताए । ‘स्वास्थ्य सम्बन्धि उपकरण खरिद र सुरक्षाकर्मीको व्यवस्थापनमा बढी रकम निकासा भएको छ,’ उनले खोजकेन्द्रसँग भने, ‘राहत वितरणका लागि स्थानीय तह र घरेलु कार्यालयलाई पनि रकम निकासा गरिएको छ ।’
सामाजिक विकास मन्त्रालयले गत फागुन २२ गते तलब, भत्तालगायत अनिवार्य दायित्व भन्दै स्वास्थ्य कार्यालय धनुषाका लागि मात्रै ८२ लाख ५० हजार रुपैयाँ थप निकासा गरिएको छ ।
चैत २ गते कोरोना रोकथामसम्बन्धी कामका लागि ८० लाख थप निकासा र ५ लाख रकमान्तर गरेर सोही दिन ८५ लाख रुपैयाँ लगेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ प्रदेश २ को आठै जिल्लामा कोरोना सम्बन्धि चेतनामूलक कार्यक्रमको लागि जिल्ला अस्पताललाई कार्यक्रम संसोधन गरेर चैत १२ गते ४० लाख र प्रदेशभर स्वस्थ्य सामग्री तथा औषधि आपूर्तिको लागि ७ करोड ६० लाख रुपैया निकासा गरे ।
समाजिक विकास मन्त्रालयले मात्रै चैत २६ गते स्वास्थकर्मीहरुको तालिमको नाममा ५ लाख,बैशाख ५ गते प्रदेश जनस्वास्थ्य प्रयोगशालाको लागि औषधि उपकरण र निर्माणका लागि ६८ करोड १८ लाख ८८ हजार २ सय ५० रुपैयाँ निकासा गरिएको बुझिएको छ । बैशाख ७ गते वीरगन्जस्थित नारायणी अस्पताललाई जनशक्ति, उपकरण र औषधिका लागि ५० लाख रुपैयाँ थप निकासा लिएको छ ।
बैशाख ८ गते कोभिड–१९ अस्पतालको स्तरोन्नतिको लागि जलेश्वर अस्पतालका नाममा ३ करोड ५८ लाख ५ हजार ५ सय ३० रुपैयाँ र मन्त्रालयअन्तर्गतका कार्यालयको अनिवार्य दायित्व भन्दै ४ करोड ६ लाख ३१ हजार रुपैयाँ बुझेको छ । सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेका अनुसार तत्काल लकडाउन भएकाले भेन्टिलेटर र पीसीआर मेसिन खरिदमा समस्या देखिएको छ l अन्य आवश्यक स्वास्थ्य सामग्री खरिद भइरहेको उनले बताए ।
मन्त्रालयको आपूर्ति महाशाखाका निर्देशक डा. प्रमोद यादवले स्वास्थ्य उपकरण र औषधि खरिदका लागि रकम सुनिश्चित भइसकेकाले खरिद प्रक्रिया थालिएको बताए । ५ हजार पीपीई, सेनिटाइजर र मास्क किनेर भण्डारण र वितरण गरिएको उनको भनाइ छ । ‘२ थान पीसीआर मेसिन खरिदका लागि सूचना निकालिसकिएको छ,’ यादवले भने, ‘३० थान भेन्टिलेटर खरिदका लागि पनि प्रक्रिया थालिएको थियो ।’
हरेकमा मन्त्रीको छोरा संलग्न
यता समाजिक विकास मन्त्री नवलकिशोर साहले सम्पूर्ण काम आफ्ना छोरामार्फत गराउने गरेको गुनासो पनि सांसदहरुले गर्दै आएका छन् । त्यसको जवाफमा पार्टीका शिर्ष नेताहरुले यी सबै कुरा आफूहरुलाई जानकारी रहेको र यसको बारेमा आफूहरु गम्भीर रहेको प्रतिकृया दिएका थिए ।
प्रदेश सांसदसँग कुराकानी गर्दै शीर्ष नेताहरुले यसबारे चाँडै नै पार्टीले छलफल गर्ने आश्वासन दिएका छन् । प्रदेश सांसद विक्की यादवले प्रदेश २ को सरकार परिवर्तन हुनुपर्छ भनि माग राख्दै आफूहरु पार्टीका नेताहरुलाई भेटेको बताए । उनले भने, ‘यत्रो दिन भइसक्दा प्रदेश सरकारले एउटा पनि नमूना काम गर्न सकेको छैन । सरकारको एक दुईजना मन्त्री मात्र होइन, पुरै टीम नै परिवर्तन गर्नुपर्ने कुरा आफूहरु नेता समक्ष राखेका छौँ ।’