About Contact
११ आश्विन २०७७, आइतबार
Close
बिज्ञापन
प्रधानमन्त्री पद दाउमै राखेर ओली अडानमा

डा. प्रकाशकुमार श्रेष्ठ बुधबार, साउन २८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र
प्रधानमन्त्री केपी शर्मा ओलीले तीनजना पूर्व प्रधानमन्त्रीहरू विरूद्धको सत्ता संघर्षमा पराजित भएर उनको केही न गुम्ने पार्टीका नेताहरूले बताउने गरेका छन् ।

ओलीलाई अब फेरि प्रधानमन्त्री हुने रहर नभएकाले पूर्व प्रधानमन्त्रीहरूलाई सक्ने भए पार्टी र सरकारको नेतृत्व छाड्न लगाउ भन्ने उनले चुनौती दिएको हालै ओलीसँग भेटेका नेताहरू मध्येका एकले जनाए ।

पार्टी फुट्ने संघारमा पुगिरहेका बेला सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले एकातर्फ पार्टी एक बनाउने विभिन्न उपक्रम शुरू गरेका छन् भने पूर्व प्रधामन्त्रीहरूले आआफ्ना निकटहरूको बैठक बसी छलफललाई तीव्रता दिएका छन् ।

केही दिनअघि पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले आफ्ना निकटका नेताहरूसँग छलफल गरेलगत्तै पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सोमबार आफू निकटका नेतालाई बोलाएर छलफल गरे ।

सोमबार वरिष्ठ नेता नेपालले गोकर्ण विष्ट, केन्द्रीय सदस्य विजय पौडेल, रामकुमारी झाँक्री, मेटमणि चौधरी, राजेन्द्र राई, दिलु पन्त, ठाकुर गैरे, गणेश पहाडी, यज्ञराज सुनुवारलगायत केन्द्रीय सदस्यहरूसँग आफ्नै निवास कोटेश्वर छलफल गरे ।

नेता नेपालले गरेको छलफलप्रति टिप्पणी गर्दै ओली निकटका ती नेताले भने, “यस्ता राजनीतिक गतिविधि गरेरै ओली पार्टीका अध्यक्ष र सरकारको प्रधानमन्त्री बन्नुभएको हो । यस्ता गतिविधिले उहाँलाई फरक पर्दैन । उहाँले खोजेको राजनीतिक चालले जित्ने हो कि हार्ने हो त्यसबारे मात्रै सोच्नुहुन्छ ।”
ओलीविरूद्ध प्रचण्ड, नेपाल र खनालको निकटतम राजनीतिक सम्बन्ध लामो समयदेखि रहेको छ । अहिले तीनै नेताको गठबन्धनले पनि त्यसलाई साबित गरिरहेको छ । तर राजनीतिमा आफैँले गाली गरेका नेताहरूसँग सम्बन्ध कायम गरी सत्ताको कमाण्ड सम्हाल्ने गरेको देखिन्छ ।
आ–आफ्ना पार्टीका अध्यक्ष भइरहेका बेला प्रचण्ड र ओलीले पार्टी एकीकरण गरेका थिए । दुबै पार्टी अध्यक्ष भइरहेका बेला अस्तित्वको संकट थियो । जनताले कम्युनिस्ट पार्टी सबै एक भई चुनाव लडुन् भन्ने भावनालाई क्यास गर्न पाउने र पार्टीको संकट टार्न एकीकरण गरिएको थियो ।
अहिले फेरि त्यो पार्टी फुट्न लागेको देखेर पार्टीका सांसदहरूले एकताको लागि हस्ताक्षर अभियान सञ्चालन गरे । यो अभियानले पार्टी नेतृत्वहरूमाथि सकारात्मक प्रभाव परेको कोटेश्वर बैठकमा सहभागी नेताहरूको बुझाइ रहेको छ ।
पार्टी एकताका पक्षमा १७४ मध्ये ६३ सांसद उभिनु सकारात्मक र दबाबमूल पहल भएको पार्टीका नेताहरूले बताएका छन् । तर, यतिले नै समस्याको समाधान होला भन्नेमा नेताहरू रहेका छैनन् । यो समस्या नेपालले पाएको भूराजनीतिक अवस्था र त्यसले सिर्जना गरेको राजनीतिक अवस्थाका कारण भएको हो । बाह्य राजनीतिले एक किसिमले वग्न थालेको महशुस कुटनीतिक क्षेत्रबाट प्राप्त भए नेपालको मूल राजनीतिक वहावमा बग्ने राजनीतिक दलको राजनीतिमा परिवर्तन हुनेछ ।
सत्ताधारी पार्टी मूलरूपमा एमसीसीको पक्षमा जाने हो वा विपक्षमा जाने त्यसको निक्र्यौल पनि महत्वपूर्ण विषय भएको ती नेताको भनाइ रहेको छ ।
अमेरिकाले प्रधानमन्त्री ओलीमाथि एमसीसीलाई पारित गराउन दबाब दिइरहेको छ । तर प्रचण्ड लगायतका शीर्ष नेतृत्वले यसमा संशोधन खोजेका छन् । महाकाली सन्धीलाई अनुमोदन गराउन त्यतिखेर ओली पहल गर्दा नेकपा एमाले पार्टी फुटेको थियो । त्यो भन्दा खतरनाक सन्धी एमसीसी भएको अवस्थामा पार्टी एक ढिक्का हुने वा फुट्ने अवस्था आउने हो ।
संशोधन गरी एमसीसी पारित नभएसम्म सत्ताधारी पार्टीको यो संघर्ष रहन सक्ने बुझाइ ती नेताको पनि रहेको छ । उनका अनुसार ओलीले गुमाउने भनेका प्रधानमन्त्री पद हो । पाउने त सारा शक्ति भन्ने कुरो उनले बुझेका छन् ।

सम्बन्धित

ताजा अपडेट
नेपाल तराई ईन्जिनियरस समाजद्वारा सिरहामा राहत वितरण
कंगोको शान्ति मिसनमा गएका सैनिक जवान कुटिए, सुरु भयो कोर्ट अफ इन्क्वायरी
जनकपुरधाम: बलात्कृत किशोरीलाई उजुरी गरे मारिदिन्छु भनेर धम्कि दिने यादव पक्राउ

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]