चितवन र अबैध शुल्क फिर्ताको माग गर्दै लामो समयदेखि आन्दोलनरत चितवन मेडिकल कलेज (सिएमसी) का विद्यार्थी र कलेज प्रशासनबिच अझै सहमति हुन सकेको छैन ।
सिएमसी प्रशासनले ६ बुँदे प्रतिबद्धतासहित गत शनिवार विज्ञप्ति जारी गर्दै शुल्क समायोजनको प्रतिबद्धतासहित विद्यार्थीलाई आन्दोलनको कार्यक्रम छाडि सहमतिमा आउन आग्रह गरेको थियो । आन्दोलनरत विद्यार्थीले भने सो निर्णय अस्वीकार गरेका छन् ।
२०७२÷२०७३ देखिको एमबिबिएस र बिडिएसलगाएत अन्य शैक्षिक कार्यक्रमको समेत बढी लिइएको शुल्क समाजोजन नभई फिर्ता गर्न सर्वपक्षीय रूपमा माग गरिएको छ । आन्दोलनरत विद्यार्थीले विहीबार भरतपुरमा आयोजना गरेको सर्वदलीय, सर्वपक्षिय, अभिभावक भेलाले सो माग गरेको हो ।
भेलामा अभिभावक तथा शिक्षाकर्मी प्रेम रिमाल, राजनीतिक दलका तर्फबाट नेपाली काँग्रेसका जिल्ला सचिव उत्तम जोशी, अनेरास्वीयु जिल्ला सचिव प्रकाश आचार्य, आन्दोलनरत विद्यार्थी प्रकाश चन्द लगाएतले बोल्दै आन्दोलरत विद्यार्थीको माग जायज भएकाले बढी शुल्क कलेजले फिर्ता गर्नुको विकल्प नरहेको बताए ।
सिएमसी सन्चालित स्नातक कार्यक्रम अन्तर्गत एमबिबिएस, बिडिएस, बी फार्मेसी,बिएसी नर्सिङ, बिएन, पब्लिक हेल्थ, बिएमएलटी, बिएमआइटी सबै शैक्षिक कार्यक्रमको बढी लिइएको शुल्क तुरून्त फिर्ता गर्न विद्यार्थीले माग राख्दै आएका छन्।
प्रशासनले आन्दोलनका कार्यक्रम फिर्ता गरेर विश्वविद्यालयको वार्षिक परीक्षामा सहभागी हुन पटक–पटक अनुरोध गरेछ ।
उता विद्यार्थीले भने प्रशासनको अनुरोधलाई व्यवास्ता गर्दै मेडिकल कलेज संचालकहरुबिरुद्द चर्को आवाजमा बिरोधदेखी परीक्षाको प्रवेश पत्र जलाएर परीक्षा बहिस्कारसम्मका आन्दोलनका कार्यक्रमहरु गरिसकेका छन् ।