About Contact
०४ आश्विन २०७८, सोमबार
Close
बिज्ञापन
कोरोनाले जनकपुरको पूर्व मेयर गिरीको मृत्यु

खोज केन्द्र बुधबार, साउन २८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम उपमहानरपालिकाका पूर्व मेयर कृष्ण गिरीको कोरोना भाईरस संक्रमणले मृत्यु भएको छ ।

होटेल रामाका संचालक समेत रहेका मेयर गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको परिवारजनले पुष्टि गरेको छ ।

कोरोना संक्रमण देखिएपछी करिब २० दिन देखी काठमाडौँमा उपचाररत उनको गएरति १२ बजे मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।

गिरि लामो समय देखि मुटु लगायत अन्य दिर्घ रोगहरुबाट  थिए ।

गिरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि श्री एयरलायन्सको विमान चार्टर गरेर काठमाडौं लगिएको थियो । ‘कोरोना भाइरस संक्रमणसँगै उहाँमा अन्य जटिल समस्या पनि थियो,’ पूर्वमेयर गिरीका भतिज अनुराग गिरीले इकान्तिपुरसँग भने, ‘उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको हो ।’

नेपाल परिवार नियोजन संघ धनुषाको २५ वर्षसम्म अध्यक्ष रहेका मृतक गिरी ०४४–०४५ सालमा जनकपुर नगरपालिकाको मेयर भएका थिए । नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहेका गिरीको दुई छोरा र श्रीमती छन् । उनका दुवै छोरा डाक्टर हुन् । ब्रुनाईमा रहेका गिरीका जेठो छोरा काठमाडौं फर्किसकेका छन् । कान्छो छोरा भने अस्‍ट्रेलियाको सिड्नीमा बस्छन् ।

गिरी क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालय सखुवा महेन्द्रनगरकाे अध्यक्ष तथा संस्थापक समेत रहेका थिए ।

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]