About Contact
०१ जेठ २०७८, शनिबार
Close
बिज्ञापन
प्रदेश २: जिल्लाकै कोरोना संक्रमितको संख्या थाहा नहुने सिडियो

खोज केन्द्र मंगलबार, साउन २७, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

कोरोना भाइरस (कोभिड–१९) को हटस्पट बनेको छ, पर्सा । त्यसकै छिमेकी जिल्ला बारामा पनि संक्रमितको ग्राफ बढेको बढ्यै छ । 

कोरोना बढेपछि यसको नियन्त्रणको नेतृत्वदायी भूमिका खेल्ने दायित्व अन्य जिल्लामा जस्तै बारामा पनि प्रमुख जिल्ला अधिकारीको काँधमा छ ।

कोरोना नियन्त्रणका लागि प्रशासनिक भूमिका निर्वाह गर्नुपर्ने त्यहाँका प्रजिअ रूद्रप्रसाद पण्डित भने बेपरबाह छन् । बाराका कुल कोरोना संक्रमितको संख्या नै आफूलाई थाहा नभएको उनले बताए। ‘खै कति पुग्यो, ठ्याक्कै मलाई थाहा छैन,’ बाराको संक्रमण अवस्थाबारे राखेको जिज्ञासामा उनले भने । 

संक्रमितको यकिन संख्याबार  बेखबर थाहा प्रजिअ पण्डितले त्यहाँकाे अवस्थाबारे भने:

बारामा कोरोना संक्रमितको संख्या बढेको बढ्यै छ । आज १५ हो कि १८ जना थपिएका छन् । ७२ जनालाई आइसोलेससनमा छन् । २२ जना भने सेल्फ आइसोलेसनमा हुनुहुन्छ ।

​​​​​​जिल्लाका कोरोना संक्रमितको कुल संख्याबारे भने मलाई ठ्याक्कै थाहा छैन । खै ३५० जति पुग्यो कि । 

जिल्लाका संक्रमितको उपचार जिल्लाभित्रै हुनसक्ने अवस्था छैन । त्यसैले नारायणी अस्पताललगायतमा उपचार गराइरहेका छौं । 

कोरोना बढेपछि प्रशासनले सतर्कता बढाएको छ । सभा, सम्मेलन, धार्मिक पर्वजस्ता भीडभाड हुने कार्यक्रममा रोक लगाएका छौं । बैठक बसेर विभिन्न खाले निर्देशन जारी गरिरहेका छौं ।     – सांघुको सहयोगमा 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]