संसदीय विकास कोषको ३० लाखको लागतमा धनुषाको मिथिला नगरपालिकामा निर्माण गरिएको केजुवे ३० दिन नवित्दै भत्किएको छ । मिथिला नगरपालिका–६ कुसुमविसौना हुदै पूर्वतर्फ ढल्केवर बजार जाने सुखजोर खोलामा प्रदेशसभा सदस्य शत्रुधन महतोको संसदिय विकास कोषको ३० लाखको लागतमा निमार्ण गरिएको गुणस्तरहिन केजुवे १ महिना नबित्दै भत्किएको हो ।
प्रदेश सांसद महतोले उदघाटन गरेको ३० लाखको लागतमा निर्माण गरिएको केजुवे गुणस्तरहित भएकै कारणले काम सम्पन्न नहुदै भत्किएको स्थानीयवासिन्दाहरुको आरोप छ ।
सोही ठाउँमा करिव २ वर्ष अगाडी १० लाखको लागतमा निर्माण गरिएको केजुवे गुणस्तरहिन निमार्ण भएकै कारणले भत्किएपपछि सांसद महतोले आर्थिक वर्ष २०७६–७७ मा आफनो संसदीय बजेटमार्फत पुनः नयाँ केजुवे निर्माण गरेको हो । पुरानो केजुवेको उचाई भन्दा १ फिट माथि सोही ढाँचामा निमार्ण गरेपछि पानी निकास हुन नसकेर केजुवेको दुवैपट्टीबाट भत्किएपछि दर्जनौ स्थानियबासिन्दाहरु दुर्घटनामा समेत परेर घाइते भएका छन् ।
“लवकुशचौक देखि मिथिला नगरपालिकाको ढल्केवर जोड्ने केजुवे योजना”का उपभोक्ता समितिमार्फत निमार्ण गरिएको केजुवे निमार्णमा कमसल सामाग्रीको प्रयोग गरिएकाले गर्दा निमार्ण कार्य पुरा नहुदै भत्किए स्थानियहरुले आरोप लगाएका छन् ।
उपभोक्ता समितीका अध्यक्ष उमेश कुमार महतोका अनुसार ३० लाखको काम १० दिन भित्रमा गरेको बताएका छन् । उपभोक्ता समितीलाई १० दिनकोा समयसिमा दिएर निमार्ण गरिएको ेकेजुवेको निमार्णमा गुणस्तरहिन सामाग्रीको प्रयोग गरिएकोा स्थानियबासिन्दाहरुको गुनासो रहेको छ ।
उपभोक्ता समितिका अध्यक्ष महतोले आफुहरुलाई समेत निमार्ण गरिएको केजुवेबारे चित नबुझेको बताए । आफुहरुको योजनाअनुसार इन्जिनियरले डिजाइन नगरि आफनै तरिकाले इन्जिनियरले डिजाइन गर्दा समस्या भएको बताए ।
हामीले पटक पटक इन्जिनियरलाई केजुवेको डिजाइन र यसको उचाईबारेमा कुरा गरेपनि हतार हतारमा निमार्ण कार्य सम्पन्न गर्नुपर्ने भएकाले गर्दा हाम्रो कुरालाई चासो नदिदा निर्माणको कार्य सम्पन्न नहुदै प्रयोगविहिन अवस्थामा आएकोमा दुःख व्यक्त गरे ।
तर इन्जीनियर राम सागर मण्डलले उपभोत्ता समितीले आफनो तरिकारले गुणस्तरहिन सामाग्री प्रयोग गरेर कमसल काम गरेकाले गर्दा भत्किएको बताए । उनले भने मैले दिएको डिजाइनअनुसार केजुवेको उचाई माथि गरेकाले गर्दा बाढीको पानीको निकास नभएपछि भत्किएको हो ।
बाढीपहिरोको वेलामा ढल्केवर हाट बजार आउन जान समस्या हुने भन्दै पटक पटक कमिसनको खेलमा संसदीय विकास कोषको रकम दुरुपयोग गरिएकाले गर्दा जनताको पैसामा कमिसनको खेलमा गुणस्तरहिन काम गराउने उपभोत्ता समितीलाई कारवाही गरिनुपर्ने स्थानियबासिन्दाहरुले माग गरेका छन् ।